अब २ वटा वडा बाँकी, वुनपामा एमालेले शानदार विजय हुने निश्चित

कपन अनलाइन, काठमाडाैँ । काठमाडाैँकाे वुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेकाे विजय निश्चित भएकाे छ । १३ वडा रहेकाे यस नगरपालिकाकाे ११ वटा वडाकाे मतगणना सकिएकाे छ । मत गणना भएकाे ११ वटामध्ये ९ वटा वडामा एमालेले प्यानल नै  विजय हासिल गरेकाे छ । २ वटा वडामा नेपाली काँग्रेस  विजय भएकाे छ ।

नेकपा एमाले विजय भएकाे वडाहरूमा ३, ५, ७, ८, ९, १०, ११, १२, १३ रहेकाे छ भने नेपाली काँग्रेसले वडा नं ४ र ६ मा जीत हासिल गरेकाे छ । वुनपामा अहिले वडा नंं १ र २ काे मतगणाना भैरहेकाे छ । याे दुवै वडामा एमालेले नै जीत हासिल गर्ने प्रारम्भिक अनुमान लगाइएकाे छ । एमालेकाे मेयर उम्मेदवार उद्धव खरेलकाे ठाउँ भएकाले यी दुवै वडामा नेकपा एमालेलाइ बलियाे बताइन्छ । यद्धपि याे नेपाली काँग्रेसका  मेयर पदका  उम्मेदवारकाे वडा पनि हाे ।

अन्तिय २ वटा साना वडाहरूमा मत गणना बाँकी रहँदा नै नेकपा एमालेका मेयर पदका उम्मेदवार उद्धव खरेल र उपमेयर पदका उम्मेदवार रमा राइ  २००० भन्दा धेरै मतले अगाडि रहेकाेले बुढानिलकण्ठ नगरपालिकामा एमालेकाे बिजय अब अाैपचारिकरूपमा घाेषणाा हुन मात्र बाँकी रहेकाे छ ।

तपाइँको प्रतिक्रिया ।