साफेबगरमा पूर्वाधार विकासका प्रतिबद्धता

कपन अनलाइन

साफेबगर, ३ असार

नेकपा एमालेको साफेबगर नगरपालिकाको मेयर पदका उम्मेदवार  एवं प्रदेस न सातका प्रदेस संगठन कमिटी सदस्य कुल बहदुर कुवरले सभ्य, समृद र सफा नगर बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

साफेबगर नगरपलिका ४ र ५ को घरदैलो र चुनावी सभामा  कुवरले सबै वडामा विकासका पूर्वाधार पुर्‍याउने, कृषिमा आधुनिकीकरण,जडिबुटीको प्रबर्द्धन, जलस्रोत व्यवस्थापन गरि जलविद्युत उत्पादन,पर्यटन विकास र युवा बेरोजगारीलाई मध्य जर गरि रोजगारको वृद्धि गर्ने पनि बताउनु भएको छ ।

कुवरले माओवादीले स्थापना भएका पुराना संरचनालाई ध्वस्त गरेर मात्र विकास हुने जस्ता गलत प्रचार गर्ने गरेको र काङ्ग्रेसले पनि जनताहरुलाई झुठो आश्वासन दिने गरेको आरोप लगाउनु भयो ।

साफेबगर ५ का अध्यक्ष शेरबहादुर कुवरको अध्यक्षतामा भएको चुनावी सभाका  वडा सचिव गाेरख बाेहराकाे स्वागत मन्तब्यबाट सुरु भयको चुनावी सभाको सन्चालन शंकर कुवरले गर्नु भएको थियोे ।

तपाइँको प्रतिक्रिया ।