काठमाडौं-३ का दर्जनौं रास्वपामा प्रवेश, उम्मेदवार पान्डेले स्वागत गरे

काठमाडौं-३ का दर्जनौं रास्वपामा प्रवेश, उम्मेदवार पान्डेले स्वागत गरे

कपन अनलाइन

काठमाडौं ,फागुन ८ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) मा विभिन्न क्षेत्रका करिब ६ दर्जनभन्दा बढी व्यक्तित्वहरुले औपचारिक रूपमा प्रवेश गरेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीका नेताहरूले स्वागत गरेका हुन्।
पार्टी प्रवेश गर्ने व्यक्तित्वहरूमा श्रीकृष्ण ज्योती, किरण के.सी., गायत्री दाहाल, बसन्त लामा, जेन्जी लिडर रोशन खड्का, अधिवक्ता बिदुर थापा, किरण लामा, युवा नेता साजित फुयाल, प्रतिक कार्की, स्नेहा आचार्य, डाईमण्ड सुनार, छिरिङ योन्जन, एन्जल नेपाल, सुरेन्द्र विश्वकर्मा, जीवन मगर, रुपक तिलवा, सुमित कार्की, सोनाम, अमर खनाल, रबि बराइली, श्याम खतिवडा, कमला वि.क., लोकमाया मगर, निरिता विश्वकर्मा, इ. जगन्नाथ श्रेष्ठ, अर्जुन कटुवाल, राधेश्याम मानन्धर, पासाङ लामा लगायतका व्यक्तित्वहरू रहेका छन्।
कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले देशमा सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कार स्थापना गर्न रास्वापा रोजेको बताएका छन्। उनीहरूले जनताको आशा र विश्वासलाई केन्द्रमा राख्दै आगामी दिनमा संगठन सुदृढीकरण तथा जनसेवामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ–३ मा पछिल्लो समय रास्वापाको संगठनात्मक विस्तार तीव्र बन्दै गएको दाबी गरिएको छ। स्थानीय युवा, पेशाकर्मी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिताले पार्टीलाई थप ऊर्जा मिलेको पार्टी स्रोतको भनाइ छ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले “जय देश, जय घण्टी” नारासहित एकता र प्रतिबद्धताको सन्देश दिएका थिए।

तपाइँको प्रतिक्रिया ।