तरिका फरक बनेको छ यौन धन्दा को

ग्राहकलाई एक वा दुई घन्टाका लागि कोठा भाडामा दिने र बाहिरबाट ताल्चामारिदिने हो, होटलका कोठामा ताला लागेको देखेपछि आउने-जाने सबैलाई कोठाखाली छन् भन्ने भान पर्छ!
होटलमा यौन धन्दा सञ्चालन हुने गरेको सूचना पाएपछि प्रहरीले छापा मार्ने निर्णय गर्यो । सादा पोसाकमा खटिएका प्रहरी ग्राहक बनेर छापा मार्ने निर्णयमा पुगे । होटेलमा पुग्दा थाहा भयो- सबै कोठाका ढोकामा बाहिरबाट ताला मारिएको छ । आखिर यस्तो गलत सूचना दिएर कसलेझुक्याइरहेको छ ? प्रहरी अलमलियो

प्रहरीले पाएको सूचना न गलत थियो, न त होटलका कोठा खाली थिए । दिउँसै यौनक्रियाकलाप गर्न चाहने ग्राहकको संख्या बढेपछि यतिवेला पूर्वका होटललेअपनाएको नयाँ उपाय प्रहरीले पत्तै पाएन । अहिले यो उपाय यौनधन्दा चलाउनेकालागि आम्दानीको दहि्रलो स्रोत भएको छ । त्यो उपाय भनेको ग्राहकलाई एक वादुई घन्टाका लागि कोठा भाडामा दिने र बाहिरबाट ताल्चा मारिदिने हो,होटेलका एकजना कर्मचारी भन्छन्, होटलका कोठामा ताला लागेकोदेखेपछि आउने-जाने सबैलाई कोठा खाली छन् भन्ने भान पर्छ!
रात परेपछि भन्दा पनि होटल चल्ने त दिउँसै हो,’ ती कर्मचारीले भने, ‘एकघन्टामा राम्रै आम्दानी हुन्छ ।’ उनका अनुसार, होटलका कोठा दिनभरि यौनक्रियाकलाप गर्न चाहने ग्राहकले खचाखच भरिने गर्छन् । ग्राहकले एक घन्टाकोठा लिएबापत बढीमा पाँच सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ । काउन्टरमाअगि्रम भुक्तानी गरेपछि कोठामा पसेका ग्राहकलाई बाहिरबाट ताल्चा लगाएरराखिन्छ । ग्राहकले मागेको समय पूरा भएपछि होटलका कर्मचारीले ताल्चाखोलिदिन्छन् ।

अधिकांश ग्राहकले साथमा युवती लिएर आउने गरेकाले खासै मोलमोलाई गरिरहनुनपर्ने ती कर्मचारीको अनुभव छ । ‘हामीले लिने भनेको समयअनुसारको भाडामात्रै हो,’ उनले भने, ‘युवतीसहित कोही एक/दुई घन्टा आएर बस्छ भने त्यसमा कसैले टाउको दुखाउनु हुँदैन ।’ होटलका कोठा पहिल्यै बुक गराएर मात्रै ग्राहकआउने गरेको बताउँदै  ‘ग्राहककोइच्छाअनुसार चल्नु व्यवसायीको धर्म हो ।’

होटल व्यवसायी संघ मध्यपश्चिमका अध्यक्ष गंगाप्रसाद सिटौलाले विकृतिमुक्तहोटल र गेस्टहाउस छन् भन्न सक्ने अवस्था नरहेको बताए । ‘प्रहरीसमेतकोसहभागितामा व्यवसायलाई मर्यादित बनाउने निर्णय भए पनि प्रभावकारी रूपमालागू गर्न सकिएको छैन,’ उनले भने ।  यौनकर्मी महिलालाई होटलबाट निकालेरकुटपिट गरेका थिए । यौनजन्यक्रियाकलापमा शरणार्थी युवतीको संलग्नता पहिलो घटना भने होइन । यस्तादर्जनाँै घटना छन्, जहाँ शरणार्थी युवतीको संलग्नता नभएको होस् । आफूखुसी यौन व्यवसायमा लागेका शरणार्थी युवती पूर्वका सहरपिच्छे भेटिन्छन् ।उनीहरू सबैभन्दा बढी सक्रिय रहने सहरचाहिँ हो ।वालगायत सहरमा पनि उनीहरू देहव्यापारकालागि जाने गरेका छन् । शरणार्थीशिविरका एकजना अगुवाले भने, ‘तीन हजार बढी शरणार्थी युवती देहव्यापारमालागेको अनुमान गरेका छौँ ।’

स्रोतका अनुसार,  शिविरमा रहेका भुटानी युवतीलाईदेहव्यापारमा संलग्न गराउन शिविरमा घुम्ती समूह खटिने गरेको छ । होटलतथा रेस्टुरेन्टसम्म पुर्‍याउने गरेको पाइन्छ । 

यस्तो कार्यमा अधिकांश विद्यालय जाने उमेरका युवती संलग्न छन् । उनीहरूपढाइ छाडेर यौन व्यवसायमा लागेका छन् । यौनकार्य गरेबापत उनीहरूले एकपटकमादुई सयदेखि पाँच हजार रुपैयाँसम्म कमाउने गरेका छन् । आफूहरूलाई होटेल तथा रेस्टुराँको मागअनुसार एक/दुई सातासम्म एक ठाउँदेखि अर्को ठाउँसम्म लग्ने गरिएको देह व्यापारमा संलग्न एक युवतीले बताइन्

तपाइँको प्रतिक्रिया ।