अमेरिकन कंग्रेसकी सदस्यले गीता छोएर सपथ लिइन्

कपन अनलाइनअमेरिकामा कंग्रेस सदस्यको रूपमा निर्वाचित पहिलो हिन्दु भारतीय मूलकी तुलसी गैबर्डले आफ्नो पद तथा गोपनियताको सपथ भगवद् गीता छोएर लिएकी छिन् । ३१ वर्षीया तुलसीलाई प्रतिनिधि सभाका सभामुख सपथ खुवाएका थिए । यसरी गीता छोएर सपथ खाने तुलसी अमेरिकाको इतिहासमा प्रथम कंग्रेस सदस्य हुन् । उनी  डेमोक्रेट पार्टीबाट हवाई राज्यका लागि कंग्रेस सदस्य चुनिएकी हुन् ।

तुलसीका पिता क्याथोलिक हुन् भने आमा हिन्दु हुन् । उनका पिता माइक गैवर्ड हवाई प्रान्तका सिनेटर हुन् भने आमा क्यारोल शिक्षाविद् हुन ।

तपाइँको प्रतिक्रिया ।