सविन पन्त कपनमा टेलिफिल्म बनाउँदै
कपन अनलाइनकपनमा बसोवास गरेर कला क्षेत्रमा सक्रिय सविन पन्त ‘अन्तर्घात’ नामको टेलिफिल्म बनाउने तयारीमा छन् । मानिसले मानिसको विश्वासमाथि गर्ने घात बिषयबस्तु रहेको ‘अन्तर्घात’ मा खेल्ने कलाकारहरू छनौट प्रक्रिया चलिरहेको कुरा सविन पन्तले कपन अनलाइनलाई बताए ।

कपनमा सामाजिक जीवनमा पनि सक्रिय रहेका पन्तले ‘अन्तर्घात’ टेलिफिल्ममा केही कलाकार कपन क्षेत्रका प्रतिभा लिन लागिएको जनाएका छन् । टेलिफिल्मको सुटिङको केहि हिस्सा पनि कपन नै रहने छ । ओम साई मल्टिमिडिया क्रियसन प्रा.लि.का लागि संगीता पन्त निर्मात्री रहने ‘अन्तर्घात’ टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । टेलिफिल्मको कथा तथा निर्देशन पनि सविन पन्तको रहेको छ ।
तपाइँको प्रतिक्रिया ।