वुनपा ११ मा नेपाली कांग्रेसबाट दिलिप खत्रीको सम्भावना
कपन अनलाइन, काठमाडौँ । वुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको नेता नै नेता भएको वडा भनेर चिनिने वडा नं. ११ को वडाध्यक्ष पद युवाहरुले पाउनु पर्छ भन्ने माग बढ्दो छ । वडा नं ११ मा २० वर्षअघि वडाध्यक्ष भएकाहरुलाई अनुभवी वा अन्य नाममा टिकट नदिन र सक्षम युवाहरुलाई टिकट दिनु पर्ने दवाव नेतृत्वलाई दिनेमध्ये अग्रणी हुन् दिलिप खत्री केसी । साविक बुनपा १३ का इकाई सभापति दिलिप खत्री केसी कपनमा राम्रो छवि तथा लोकप्रिय युवा नेताको रुपमा परिचित छन् ।
साविक कपन गाविस इकाईमा पनि सदस्य भएर काम गरेका अनुभवी दिलिप युवाहरुमाझमात्र नभै सबै तहतप्काका वर्गसँग नजिकको सम्बन्ध भएको युवा नेता हुन् । ५० को दशकको शुरुवातदेखि नेबिसंघको राजनीतिहूँदै सक्रियता र निष्पक्षताका कारण सबैले रुचाइएको पात्र हुन् दिलिप । उनले पछिल्ला दुई वर्षमा आफ्नो वडामा ५० लाखभन्दा धेरै बजेटको विकासका काम गरेका छन् ।
विकास तथा सामाजिक सकृयताका आधारमा वडा नं. ११ भित्र पछिल्ला समयमा दिलिप खत्री वडाध्यक्ष बन्नु पर्ने व्यक्ति भनेर अग्रस्थानमा नाम आएका व्यक्ति हुन् । सांसद गगन थापा तथा क्षेत्री सभापति राजु श्रेष्ठ दुवैसँग समदुरीमा रहेर पार्टी हितका लागि मात्र काम गरेको भनेर प्रशंसित व्यक्तिका रुपमा उनको नाम अग्रस्थान आउने गरेको छ ।
साविक तीनवटा वडामध्ये वडा नं. १३ मा इकाइ सभापति भएपछि बिभिन्न पार्टीका चिनिएको व्यक्तिहरुलाई नेकामा भित्र्याउने देखि संगठन विस्तामा उनको भूमिका महत्वपूर्ण रहेको छ । लोकप्रियता, क्षमता तथा बौद्धिकताका कसीमा पनि दिलिप उनका प्रतिष्पर्धि आकांक्षीमध्ये अगाडि छन् ।
मिनभवन क्याम्पसमा नेबिसंघको राजनीतिदेखि बुनपामा इकाई सभापतिसम्मको यात्रामा दिलिपको अनवरत निष्कलंक यात्रालाई वडाध्यक्ष बनाएर पार्टीभित्र लोकतन्त्र समृद्ध भएको अनुभूति देखाउन पर्ने भनेर चारैतिर आवाज उठेको छ । दिलिपको दावीप्रति पार्टीको माथिल्लो तह पनि सकारात्मक रहेको बताइन्छ ।