के वुनपामा सभापति र अध्यक्षबीचको लडाइँ संभव होला ?
कपन अनलाइन, काठमाडौँ । बुनपाको मेयरमा नेपाली कांग्रेस र एमालेबाट को उठ्लान् भन्ने विषयको पर्दा अझै उठ्न छैन । दुवै पार्टीबाट आधा दर्जन नेताहरु आफूले टिकट पाउनु पर्छ भने शक्तिकेन्द्र धाइरहेका छन् । तथापि टिकट चाहिँ हरेक पार्टीबाट एकजनाले मात्र पाउने निश्चित छ । ती दुई भाग्यमानी को होला भन्ने चासो सर्वत्र छ । सबैले आफूले पाउने दावी गरिरहेको अवस्थमा वुनपामा अझै पनि जनभावना, लोकप्रियता र दक्षताको कसीमा भने राजु श्रेष्ठ र कुसुम कार्की नै अगाडि मानिन्छ ।
नेकपा एमालेमा कार्कीका अलावा जयराम थापा, दीपक निरौलाजस्ता केही स्तरीय सम्भावित नाम भए पनि नेपाली कांग्रेसमा राजु श्रेष्ठको विकल्प देखिन सकेको छैन । नेकाभित्र टिकटका कारण हुन सक्ने मौन असहमति र असहभागिताले चुनावी नतिजमा पार्न सक्ने प्रभावबीच राजु श्रेष्ठको विकल्प राजु श्रेष्ठ नै देखिन्छ ।
कपनमैत्री हुनु, लोकप्रियता तथा संगठनमा भूमिका आधारमा पनि राजु श्रेष्ठ जीतको आधार तय गर्न सक्ने व्यक्ति हुन् । त्यसैगरी एमाले क्षेत्रीय अध्यक्ष कुसुम कार्की पनि कपनमैत्री, लोकप्रिय तथा सांगठनिक व्यक्ति हुन् । धेरै विश्लेषकहरु बैशाख ३१ गतेको स्थानीय निकाय सरकारका लागि श्रेष्ठ र कार्कीबीचको लडाई हुने आशा लगाएर बसेका छन् ।
सभापति र अध्यक्षबीचको यो लडाइँ राजनीतिक शक्ति संघर्षका हिसाबले पनि अर्थपूर्ण मानिन्छ । दुवैजनाको कपनमैत्री हुनुको दाउ मात्र हैन संगठन प्रमुख हुनुको समान हैसियतमा रहेकाले निर्वाचमा यी दुईको युद्ध आफैमा रोचक हुनेछ । नेकाले जीतको आधार तय गर्न राजुको विकल्प खोज्नु अर्थहीन छ भने राजुसँग जीतको संभावना खोज्न एमालेले कुसुमलाई दाउमा हाल्नुपर्ने बस्तुस्थिति बढ्दै गएको छ ।
चुनावी जीतसँगै स्थानीय सरकारको नेतृत्व गर्नेमा प्रधानमन्त्री, प्रधानन्यायाधिश तथा सभामुखको भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई टिकट दिनुपर्ने बाध्यताकाबीच पार्टी नेतृत्वले निर्ण गर्नु पर्नेछ । प्रधानमन्त्रि, न्यायाधिस र सभामुखको हैसियतमा बसेर पाँच वर्ष टिक्न सक्ने व्यक्तिको लडाईमा हाल देखिएको पात्रहरुबीचमा नेकाले राजु श्रेष्ठ र एमालेले कार्कीलाई सोच्नेछ भन्ने बुनपावासीको चाहना रहेको कपन अनलाइनले गएको साता गरेको मतसर्वेक्षणमा पनि मुखरित भएको थियो ।
शक्तिकेन्द्र रिझाएर प्राप्त गरिने टिकटले जित्नेलाई उम्मेदवार बनाउला वा हार्नेलाई त्यो अबको एकसातामा थाहा पाउने आशा गर्न सकिन्छ । तथापि जनमत भने सभापति र अध्यक्षबीचको लडाइँ हेर्न लालयित देखिएको छ ।