वडा नं ११ को घर-घर, बस्ती-बस्तीमा कांग्रेस प्रचार गर्दै जुँगे !
कपन अनलाइन, काठमाडौँ । बुनपा ११ मा राजेन्द्र अधिकारी जुँगे नेपाली कांग्रेसको प्रचारप्रसारमा आक्रमक ढंगले लागेका छन् । युवाहरुलाई समेटेर निर्वाचन केन्द्रित भेला गर्नमा होस् वा घरघर पुगेर मत माग्नमा होस् जुँगे आफ्ना पार्टीका अरुसबै नेताहरुभन्दा अगाडि देखिएका छन् ।
जुँगे पार्टीको उपल्लो तहका नेताहरुको घरमा पुग्न पनि भ्याएका छन् । सामाजिक संजालमा कहिले शेरबहादुर देउवा त कहिले खुमबहादुर खड्काको घरमा पुगेर फोटो खिचेर राखेको देख्न पाइन्छ । काठमाडौँ कांग्रेसका हस्तीहरु प्रकाशमान सिंह वा गगन थापाको घरमा वा कार्यक्रममा उनी पुग्न भ्याएका हुन्छन् । जुँगे यतिखेर वडा नं. ११ का युवाहरुमाझ आकर्षणको केन्द्रबिन्दु भएका छन् । वडाका सबै युवाहरुलाई नेपाली कांग्रेसको झण्डामुनी एकत्रित गर्ने अभियान पनि चलाएका छन् जुँगेले । जुँगेको यो क्रियाशिलतालाई अरु वडाको युवा नेताहरुले पनि बिस्तारै पछ्याउन थालेको बताइन्छ ।
जुँगे यतिखेर दैनिकजस्तो युवाहरुसँग भेला आयोजनामा मात्र व्यस्त छैनन् वडा नं. ११ का मतदाताको चाहना बुझ्ने हेतुले सर्वेक्षणको काममा पनि तल्लिन छन् । एकातिर नेपाली कांग्रेसका नेतैनेता भएको यो वडामा बाँकी नेताहरु टिकट पाउने नपाउने विषयमा चिन्तित भएर हिँडिरहेका छन् भने जुँगे घरघर बस्ती बस्ती पुगिरहेका छन् । घरघरमा पुगेर उनले आफ्नो लागि मात्रै हैन नेपाली कांग्रेसका लागि भनेर भोट माग्ने काम गरिरहेका छन् ।
बुनपाभित्र नेकामा रहेको बिभाजित अवस्थालाई जुँगे भने सबैपक्ष मिलाएर जान पर्ने सन्देश दिन चाहन्छन् । जुँगे भन्छन्, जित्न सक्ने र खट्न सक्नेलाई टिकट दिनुपर्छ । भोटो फटाएको भरमा टिकट पाउने अभियानको बिरोध गर्छन् जुँगे । युवाहरुले मात्र अबको विकासमा काम गर्न सक्ने सोच उनको छ । २० वर्ष अघिको मानसिकताले अबको नगरपालिकामा काम गर्न सकिदैन जुँगेले थपे ।
युवा जोशलाई विकासको मूलाधारमा प्रयोग गर्न सकेमात्र बुनपाको विकास हुन सक्ने धारणासहित वुनपा ११ को वडाध्यक्ष टिकटका लागि नेकाभित्र अन्तिम समयसम्म प्रयास गर्ने तयारीमा छन् जुँगे । जुँगेको यो अभियानमा वडावासी युवाहरु खुलेर लागेको बताइन्छ । राजेन्द्र अधिकारी जुँगेको वडा ११ मा अच्युत पौडेल, रामकृष्ण केसी, राधेश्याम कार्की, सन्तोष भण्डारी, दिलिप खत्रीलगायतका नेताहरु वडाध्यक्षको टिकट पाउनका लागि दौडधुप गरिरहेका छन् ।