नगर समिति सर्वसम्मत, राजु श्रेष्ठको विशेष भूमिका, प्रतिनिधिमा गगन हावी !!!

नगर समिति सर्वसम्मत, राजु श्रेष्ठको विशेष भूमिका, प्रतिनिधिमा गगन हावी !!!

ttt4

कपन अनलाइन/माघ १९, २०७२
नेका १३ औँ महाधिवेशनअन्तर्गत बिभिन्न नगरपालिकामा भैरहेको नगर अधिवेशनमा अधिकांशमा निर्वाचनको प्रकृयाबाट नयाँ कमिटि बनेका खबरहरु आइरहेको बेला देशकै सबैभन्दा ठूलो नगरपालिका बुढानिलकण्ठ नगरपालिकामा चाहिँ सर्वसम्मत कमिटि बनेको छ । आज विशेष कार्यक्रमसहित निर्वाचन प्रकृयाबीचमा सर्वसम्मत गरेर समिति तथा क्षेत्रीय प्रतिनिधिहरु चयन भएको छ । नेका क्षेत्र नं. ४ का सभापति उम्मेदवार तथा नेता राजु श्रेष्ठको विशेष पहलमा सर्वसम्मत गर्ने प्रकृया सम्पन्न भएको थियो । नेता राजु श्रेष्ठले सर्वसम्मत प्रकृयाका लागि निर्वाचन प्रकृयाबाट बिजेता बन्न सक्ने सभापति उम्मेदवार राजाराम बुढाथोकीलाई मनोनयन पत्र फिर्ता गर्न लगाएर मार्ग प्रशस्त गरेका थिए । श्रेष्ठकै विशेष पहलमा अर्का सभापति उम्मेदवार केशवराज पाठकलाई मनोनयन पत्र फिर्ता गर्न प्रयास भएको थियो । यस प्रयास पश्चात गणेश कोइरालालाई बुढानिलकण्ठ नगरपालिका नेपाली कांग्रेसले नयाँ सभापतिको रुपमा पाएको छ । त्यसैगरी ६ जना क्षेत्रीय प्रतिनिधिहरु चयनमा पनि नेता राजु श्रेष्ठ र अर्का नेता कर्माछिरिङ शेर्पाको भूमिका पनि महत्वपूर्ण रह्यो ।

नेता राजु श्रेष्ठलगायतको विशेष पहलमा आज भएको सर्वसम्मतपश्चात गणेश कोइराला सभापति भए भने क्षेत्रीय प्रतिनिधिहरुमा सागर बैजु, विमलकुमार भित्रकाटी, प्रेम श्रेष्ठ, तारादेवी चौधरी, भाइनारायण श्रेष्ठ, काशिलाल श्रेष्ठ सर्वसम्मत भए । त्यसैगरी नगर इकाइको सचिवमा राजन बुढाथोकी, कोषाध्यक्षमा भरत अधिकारी, सहसचिव शशिविक्रम थापा लगायत पूराना नेता भोला लामिछाने, गोकर्ण केसीलगायतका सदस्य पनि सर्वसम्मत भए । आज भएको सर्वसम्मत प्रकृयामा विशेष भूमिका निर्वाह गरेका राजु श्रेष्ठले बुनपा नगरबाट क्षेत्रीय प्रतिनिधिमा आफ्नो वर्चश्व राख्न नसकेको बताइएको छ । कार्यक्रममा आफू उपस्थित नभए पनि विशेष दुतहरुमार्फत आफ्नो उपस्थिति देखाएका सभासद गगन थापा पक्षधर क्षेत्रीय सदस्यहरु बढि सर्वसम्मत भएको जनााइएको छ ।

तपाइँको प्रतिक्रिया ।