प्रजातन्त्र दिवस मनाउन समिति गठन

प्रजातन्त्र दिवस मनाउन समिति गठन

कपन अनलाइन 

हेटौँडा, ४ फागुन । प्रदेश नं ३ को अस्थायी राजधानी हेटौँडामा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका भव्यरुपमा मनाउन ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ४१७ सदस्यीय मूल समारोह समिति आज गठन गरिएको छ ।

सो समारोह समिति गठन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेको अध्यक्षतामा बसेको एक भेलाले उक्त समारोह समिति गठन गरिएको हो । तीनदिने कार्यक्रमअन्तर्गत फागुन ६ गते साहित्यिक कार्यक्रम, फागुन ७ गते प्रभातफेरी र प्रवचन गोष्ठी, फागुन ८ गते परिसंवाद कार्यक्रम आयोजना गरिने भएको मकवानपुर जिल्ला समन्वय परिषद्का प्रमुख रघुनाथ खुलालले जानकारी दिएका छन ।

मूल समारोह समिति गठन गर्न आज बिहान मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकमा जिल्लास्तरीय कार्यालयमा प्रमुख क्षेत्रीय कार्यालयका प्रमुख सुरक्षा निकायका प्रमुख र विभिन्न सातवटा मन्त्रालयका सचिवको सहभागिता रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।