सुखको दिन : सुरेशकुमार पाण्डे (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,माघ १० ।
“सिट खाली छ बसमा?” एउटा वृद्ध पुरूषले सोधे ।
“हजुर छ” मैले भने । बसमा हामी पहिल्यै बसिसकेका थ्यौं उहाँ अलिक पछि आउनुभयो । उमेरले असिको हाराहारिमा बसमा बल्लबल्ल चढे र स्युई सास फेर्दै बसे ।
“हजुर कहाँसम्म जाने ?” उनले मलाई बिस्तारै रोकिंदै सोधे । साहिद स्वास बढेको हुनुपर्छ । अप्ठारो मान्दै बोलेका थिए । “दिल्लीसम्म जान्छु अनि हजुर ?” मैले आफ्नो गन्तव्य बताउदै उनको बारेमा सोधे ।
“म पनि दिल्लीसम्म जाने हु !” उनले बताए । “अनि एक्लै हो हजुर साथी कोही छैनन् ?” मैले सोधे । “एक्लै हो । बुढी खसिहाली छोरा बुहारी विदेशमा छन् एउटी अविवाहित नातिना छिन उन्ले पढ्छिन् म एक्लै आए ।” उनले बेलिविस्तार गरे ।
“अनि के कामले आउनुभयो ?” मैले प्रश्न गरेँ । “खास केही होइन कम्पनिमा जीवित छु भनेर जानकारी गराउनुपर्छ वर्षमा एक चोटी उनले भने । म कम्पनिबाट पिउन रिटार्यड भएको थिएँ । त्यही पेन्सिनमा नातिनाको र मेरो खर्च चलेको छ ।” उनले भने । उनको त्यो कुरा सुनेर म स्वयम पनि आफ्नै भविष्यको सोंचमा परे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
