संस्कारी बिन्दु : ईश्वर साउद (भिक्षु)

संस्कारी बिन्दु : ईश्वर साउद (भिक्षु)
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।

बिन्दु हिजो पनि उहीँ थिईन आज पनि उहीँ । फरक केही देखिदैनन् उनी भित्रको दुनियाँमा । उनी भित्रको मानसपटलमा । सोझो आनिवानि, मिठो बोलिभाषा । मिजासिलो अनि सुमधुर आवाज । सिलिक्क परेको जिउ जोबन । साथसाथै त्यहि माथि सुनमा सुगन्ध थप्ने त्यो अथाह कुलघरानी संस्कारले भरिएको पातलो अनि चिरिच्यट्टै मिलेको जिउ ।
भलै खान्दानी पारिवारिक अवस्थामा सामान्य पन देखिए पनि बिन्दुको दैनिकी आनिवानि, चालचलन अनि एक प्रकाप्रतिको आदर संस्कार, सम्मान भने सदाबार उच्च कोटिको नै रहेको देखिन्छ । भनिन्छ “मानिस धन, सम्पति र अनुहारले सुन्दर देखिन्छ, तर यो मेरालागि सबै गलत साबित भएको झै लाग्छ । किनभने मानिस अनुहार, धन, सम्पतिले कहिले पनि उच्च कोटिमा गर्णना हुदैन मेरो नजरमा । मानिस उच्च कोटिमा गढना हुनका लागि सबैभन्दा पहिला उस भित्रको आनिवानि, संस्कारले उसको गुण घटाउछ र बढाउने गर्छ ।
गाउँ बस्तीमा बिन्दुलाई मन नपराउने सायद बिरलै होलान । जसको आज सम्म बिन्दुको जीवनमा भेट हुन सकेको छैनन् । त्यो पनि सयमा शुन्य दसमलब शुन्य शुन्य प्रतिशतको मात्रामा । चिने जाने जति सबै कि प्यारी र सबैको मन मुटुमा राज चलाएर बसेकि बिन्दु ।
गाउकि दिदिबहिनी, दाजुभाइ, काका, काकी, चेला भतिजा÷भतिजिहरू अनि यसमा आमा बुबाको त झन के कुरा गर्नु । आमा बुबाकि त बिन्दु आखाकि नानि, माया कि खानि, हरेक पलपलमा फेर्ने सास । हरेक बिहानिकी सुर्योदय थिइन् बिन्दु । यसलाई अझै भन्ने हो भने । बिन्दु आमा बुबाको लागि बिरामि पर्दाको औषधि, चोटपटक लाग्दाको घाउहरू निको पार्ने मलम थिईन । बिन्दुको छाया जहाँ जहाँ परेको छ । त्यहासम्मका मानिसहरूको आखामा हाल्दा समेत नबिझाउने थिइन् बिन्दु । बिन्दुलाई जसले एक पटक संगत ग¥यो । जो एकपटक बिन्दुको साथमा हिड्यो कि दुनियाँमा कहिले पनि नभुल्ने छाप छोडिदिन्थिन उनि । खास उनिभित्रको यो सबैभन्दा प्रिय गुण नै थियोे यो ।
मिठो बोलि, ललिते मुस्कान । कसैसँग भेट हुँदा उमेर अनुसारको संस्कार, साईनो अनुसारको आदर सम्मान । बालादेखि वृद्ध अवस्थाका मानिसहरूले बिन्दुलाई औधी चाहन्छन । भलै उनी हुन जहाँ सुक्कै । तर सम्झनामा भए पनि हरेक ठाउँ ठाउहरूमा बिन्दु नै बिन्दु छाईरहेकी हुन्छन् । उनी भित्रको संस्कार । बोलि भाषा छाइरहेको हुन्छ । बिन्दु भलै जाउन जुन स्थानमा । चाहे पूर्व चाहे पश्चिम । गरून् जस्तोसुकै काम काजहरू । घरमा आउने पाउनाहरूलाई गर्ने आदर संस्कार सम्मान कोही सिकुन त बिन्दुबाट । कि कुन ठाउमा कस्तो व्यवहार गर्नुपर्छ । कसलाई के स्थान दिलाउनुपर्छ ? कुन मानिस कस्तो चाहन्छ लगायतका सबै कुराहरू बिन्दुलाई पहिला नै जानकारी भएको जसरी उनी फटाफट पु¥याइदिन्थिन ।
गाउमा यताकता छिमेकीको बीचमा दिन नबिराएरै कुरा चलिरहेको हुन्छ बिन्दुका बारेमा । यहि कि, छोरी हुन त फलानो को जस्ति । छोरी नै भए पनि बिन्दुमा छोरामा हुनुपर्ने सारा गुणहरू भगवानले फलानाकि छोरिमा सारिदिनु भएको छ । यो दुनियाँमा ३२ सैँ गुण त भगवानले कसैलाई दिएर पठाएको हुदैनन् । तर बिन्दु भने भगवानको कृपाले ३२ गुणका बुट्टाहरू भरेर पठाएको देखिन्छन । हाम्रो त न त छोराहरूमा यस्तो स्वभाव छ न त छोरिहरूमा ।
साच्चिकै त्यो गाउँ, टोलदेखि सारा कुल घरानाहरूको नाम चिन्ने गतिलो आधारशीला भैसकेकी छन बिन्दु । उनी भित्रको त्यो अटल र अमर संस्कार । हामिले आफ्ना केटाकेटीलाई राम्रा राम्रा ज्ञानगुनका कुराहरू सिकाउनका लागि स्कुलमा पठाउछौँ । धेरै धन सम्पत्ति खर्चेर । भनिन्छ “मानिस सुनेर भन्दा देखेर धेरै बुझ्ने गर्छ । देखेर भन्दा देखेका कुराहरू आफै गरेर अझै धेरै बुझ्ने गर्छ ।” भनेर
तर यो गाउमा राम्रोसँग बुझेका आमा बुबाहरूले स्कुलमा त पठाउछन नै साथसाथै बिन्दुको वरिपरि घुलमिल भएर बस्न भनेर आग्रह गर्छन । आ–आफ्ना केटाकेटीलाई । बिन्दुबाट त्यो संस्कार सिकाउन चाहान्छन । बिन्दु भित्रको त्यो अटल । अबिनासि ज्ञान सीप संस्कार आफ्ना छोरा÷छोरी । नाति नातिनाहरूको दिमागमा छाप्न चाहान्छन । यसैगरी आफ्ना सन्तानलाई संस्कारि बिन्दुको छहारिमा जसरी भए पनि जस्तो सुक्कै अवस्थामा भएको पुराएरै छोड्छन । संस्कारि बिन्दुमा छिमेकीहरूले ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।