चार मुक्तक : प्रेम रावत क्षेत्री
कपन अनलाइन
काठमाण्डौ,माघ १० ।
सास भएर पनी यो जिन्दगानी लास भएको छ
न कोही जाने न कोही आउने आस भएको छ
बा आमाको मनको बुझाउला यति पिर लाग्छ
खै किन हो आजभोलि मृत्युनै खास भएको छ ।
अप्ठ्यारोमा छोडीए आफ्नाबाट कसैको भर लाग्दैन
यती नीराश भयो जिन्दगी पनि घर जस्तो घर लाग्दैन
बुवा आमा कहाँ जालान यहि कुराले मन खाईरहन्छ,
म त अघाए बाँचेर अब मर्न देखी पट्क्कै डर लाग्दैन ।
यो जीन्दगीले पनि छल कपट गरेको छ के भनौ
अबत बाँच्नको इच्छा रहर सबै मरेको छ के भनौ
देखेको होइन लेखेको पाइन्छ भनेको यही होला,
मलाई नबुझ्ने मान्छे मेरै भाग्यमा परेको छ के भनौ ।
दुःखमा कतिले रुखो बोलेका छन सुनाउन सक्दिन
कस्का बचनले कति पोलेका छन सुनाउन सक्दिन
गरिबी अभाव पनि पहाड बनेर उभियो जिन्दगीमा,
बोलिमै कतिले जहर घोलेका छन सुनाउन सक्दिन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
