गीत : जनार्दन अधिकारी धड्कन
कपन अनलाइन
काठमाण्डौ,माघ १० ।
लालीगुराँस फुल्छ यहाँ हिमाली पाखा भिरमा
ढाका टोपी खुल्छ मेरो स्वाभिमानी शीरमा
झुक्दैन मेरो शीर खस्दैन टोपी
राख्छ सधैँ नेपालीको स्वाभिमान छोपी
कर्मलाई फलाएमा जिन्दगी हुन्न पीरमा
ढाका टोपी खुल्छ मेरो स्वाभिमानी शीरमा
धनी सङ्ग दाँजेर आफ्नो चित्त नदुखाउनु
आफू सङ्ग जे छ त्यसमा चित्त बुझाउनु
शान्ति हुन्छ जिन्दगीमा मनलाई राखे थिरमा
ढाका टोपी खुल्छ मेरो स्वाभिमानी शीरमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
