बुढानिलकण्ठ नगर युवा परिषदलाई रचनात्मक बनाएर विदा भए रुपेश ,नयाँ उपाध्यक्षमा को ?
कपन अनलाइन
काठमाडौं , भाद्र ११।
बुढानिलकण्ठ नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रुपेश भट्टराई आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर विदा भएका छन।
नेपालका ७५३ स्थानीय तह मध्ये करिव २ दर्जन मात्र स्थानीय तहमा गठन भएका नगर युवा परिषदहरुमा बुढानिलकण्ठ नगर युवा परिषदलाई रचनात्मक र क्रियाशील परिषदका रुपमा परिचित बनाएका भट्टराईले आजबाट विदा लिएका हुन।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख तथा नगर युवा परिषदका अध्यक्ष मिठाराम अधिकारीलाई आवश्यक दस्तावेजहरु हस्तान्तरण गर्दै आफु जिम्मेवारीबाट विदा लिएको घोषणा गरेका भट्टराईले यस विचमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन।
४ बर्षको यात्रा मेरा लागी सिकाइ र अनुभवको विश्वविद्यालयको रुपमा रहेको भन्दै उनले सो अनुभव र अमुल्य ज्ञानलाई आगामी दिनमा परिषदको संस्थापक उपाध्यक्ष तथा एक शुभेच्छुकको रुपमा आवश्य बाँड्ने प्रतिवदत्ता समेत ब्यक्त गरेका छन।
हाल विधावरिधिको अध्ययन गरिरहेका भट्टराईले नगर युवा परिषदलाई संस्थागत रुपमा विकास गर्नका लागि वडा युवा परिषद गठन, नमुना युवा संसद संचालन, युवा सम्मान सहित दर्जनौ नविन र सृजनशील कामहरुको नेतृत्व गरेका थिए।
नगर युवा परिषदको कार्यकारी उपाध्यक्षबाट भट्टराईले विदा लिए संगै नयाँ उपाध्यक्षको खोजी शुरु भएको छ। नगरमा युवाहरुको नेतृत्व विकास र परिचालनका लागि महत्वपूर्ण भूमिका खेल्ने परिषदको नेतृत्वका लागि अहिले परिषदमा रहेका र नयाँ गरेर दर्जनौ आकांक्षीहरु रहेको श्रोतले जानकारी दिएको छ।
