श्री बाँसखर्क माध्यमिक विद्यालयमा शिक्षक आवश्यकता !
कपन अनलाइन
काठमाडौं , भाद्र ११।
श्री बाँसखर्क माध्यमिक विद्यालय, बेनीघाट रोराङ–१, बाँसखर्कले गणित विषयका लागि एक जना शिक्षकको आवश्यकता भएको जनाएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सो पद करार (संविधि अनुदान) मार्फत भर्ना गर्न लागिएको हो।
विद्यालयले १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ। उम्मेदवारले गणित मुख्य विषय लिई स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
दरखास्त पेश गर्ने अन्तिम मिति २०८२ साउन १५ गतेसम्म तोकिएको छ भने सम्पर्क मिति साउन १६ गते निर्धारण गरिएको छ। परीक्षा तालिका सम्बन्धी जानकारी पछि प्रकाशित गरिने विद्यालयले जनाएको छ।
दरखास्त दिन इच्छुकले नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, मापदण्ड अनुसारको सिफारिस पत्रसहित आवश्यक कागजात संलग्न गर्नुपर्नेछ।
अधिक जानकारीका लागि विद्यालयको सम्पर्क नम्बर ९८६१२६५६७६ (वि.व्य.स. अध्यक्ष) वा ९८४५१२२३३४ (वि.व्य.स. उपाध्यक्ष) मा सम्पर्क गर्न सकिने जनाइएको छ।
