बुढानीलकण्ठ नगरपालिकाले खेलाडी सम्मान गर्ने, विवरण बुझाउन आव्हान !

बुढानीलकण्ठ नगरपालिकाले खेलाडी सम्मान गर्ने, विवरण बुझाउन आव्हान !

कपन अनलाइन

काठमाडौं , भाद्र ११  ।

बुढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राप्त गरेको पदक तथा उपलब्धिको विवरण पेश गर्न अनुरोध गरेको छ।

नगरपालिकाले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका खेलाडीलाई सम्मान गर्ने उद्देश्यले खेलाडीहरूको नाम, खेलको विधा, अन्तर्राष्ट्रिय स्तरमा प्राप्त पदकको प्रकार, खेल आयोजना भएको मिति र स्थानसम्बन्धी विवरण संकलन गर्न थालेको हो।

यस सम्बन्धमा आवश्यक कागजातहरू—
१. सम्बन्धित वडाको सिफारिस पत्र
२. खेलाडीको नागरिकताको प्रतिलिपि
३. अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको पदक प्रमाणको प्रतिलिपि
४. खेलसँग सम्बन्धित अन्य प्रमाणपत्र वा तस्बिरको प्रतिलिपि—
पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

नगरपालिकाले आवश्यक विवरण भदौ २६ गतेभित्र सम्बन्धित वडामा पेश गर्न आग्रह गरेको छ। संकलित विवरणका आधारमा आगामी कार्यतालिका अनुसार खेलाडी सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ।

तपाइँको प्रतिक्रिया ।