मोलुङ गाउँपालिकाले कर्मचारी माग्यो
कपन अनलाइन
काठमाडौं , भाद्र ६।
मोलुङ गाउँपालिका, ओखलढुंगाले आफ्नो गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुका लागि करार सेवामा कर्मचारी पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै आवश्यक संख्यामा ए.एन.एम. र ए.एच.डब्लु. पदका लागि उम्मेदवारहरुले तोकिएको मितिभित्र दरखास्त दिन सक्ने जनाएको हो।
सूचना अनुसार ए.एन.एम.का लागि ९ जना र ए.एच.डब्लु.का लागि ७ जना गरी कुल १६ जना कर्मचारी आवश्यक रहेको छ। दुवै पदका लागि सम्बन्धित विषयमा कम्तीमा एस.एल.सी. वा सो सरह उर्त्तीण शैक्षिक योग्यता आवश्यक छ।
आवेदन शुल्क प्रति पद रु. ४०० तोकिएको छ। इच्छुक उम्मेदवारले नागरिकता, शैक्षिक प्रमाणपत्र, कार्यानुभव, दर्ता प्रमाणपत्र लगायतका आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
दरखास्त दिनुपर्ने अन्तिम मिति २०८२ साल भदौ १२ गते दिउँसो ३ बजेसम्म तोकिएको छ। दरखास्त मोङ्गुल गाउँपालिकाको कार्यालय, ओखलढुंगामा बुझाउन सकिनेछ।
गाउँपालिकाले आवश्यक योग्यता भएका उम्मेदवारहरूको लिखित, मौखिक तथा अन्तर्वार्तामार्फत छनोट गर्ने जनाएको छ। थप जानकारीका लागि गाउँपालिकाको वेबसाइट www.molungmun.gov.np मा उपलब्ध हुने जनाएको छ।
