LEADS को आयोजनामा अन्तरविधालय प्रथम जुनियर तिज नृत्य प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं , भाद्र ६।
Leadership for Educational and Development Society Nepal ( LEADS ) को आयोजनामा अन्तरविधालय प्रथम जुनियर तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ सुन्दरबस्तीमा रहेको भ्याली पब्लिक स्कुल, उक्त प्रतियोगिता आयोजना गरिएको सो प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको थियो।
उक्त प्रतियोगितामा फेरिल्याण्ड इन्टरनेश्नल स्कुल प्रथम भक्ति इन्टरनेश्नल एकेडेमी दितीय र साइप्रस पब्लिक हाइ स्कुल तृतीय भएका थिए। त्यस्तै भ्याली पब्लिक हाइ स्कुल, ज्ञान चक्षु इंगलिस स्कुल, जुगल नवगुरुकुल र हिमालय बोर्डिङ्ग स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
LEADS का अध्यक्ष बिष्णु चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा त्रि ज्योति माविले बेस्ट इनोभेटिभ , प्रशान्ति एकेडेमीले बेस्ट कस्ट्युम,स्कलर होमले बेस्ट कोअर्डिनेसन, मन्जरी सेकेण्डरी स्कुलले ट्रेडिसनल स्टाइल, सेन्ट जोसेफ इंगलिस स्कुलले मस्ट क्रियटिभ, धुर्व तारा कार्नेभालीले मस्ट इनर्जेटिक , नेसनल युनाइटेड स्कुलले बेस्ट कोरियोग्राफी ,र भद्रकाली इंगलिस मिडियम स्कुलले बेस्ट एक्सप्रेसनको उपाधि प्राप्त गरेका थिए।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बुढानिलकण्ठ– १० का वडाध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई , बुढानिलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह लगायतको उपस्थिति रहेको थियो।
संस्थाका उपाध्यक्ष गणेश मिश्र ले स्वागत मन्तव्य राखेको सो कार्यक्रम संचालन सचिव गीता बहादुर लामिछानेले गरेको कार्यक्रम संयोजक डम्बर बहादुर केसीले जानकारी दिएका छन।


