जनजागृति माध्यमिक विद्यालयमा विज्ञान शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाडौं , भाद्र ६।
मेलम्ची नगरपालिका–११, कटुन्जे स्थित श्री जनजागृति माध्यमिक विद्यालयले विज्ञान विषयको लागि शिक्षक माग गरेको छ। विद्यालय व्यवस्थापन समितिको २०८२ साल भदौ १० गतेको निर्णय तथा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकको पत्रानुसार दरखास्त आह्वान गरिएको हो।
विज्ञापन नं. ०८२/०८३ अनुसार, माध्यमिक तह, विज्ञान विषय, रात्री अनुमोदन का लागि १ पदमा शिक्षक आवश्यक भएको विद्यालयले जनाएको छ। पदको दरखास्त दस्तुर रु. १००० तोकिएको छ।
शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण गर्नुपर्नेछ। उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षाको प्रकार लिखित, मौखिक र आवश्यक परे प्रयोगात्मक हुनेछ।
दरखास्त दिने अन्तिम मिति भदौ १८ गते तोकिएको छ भने परीक्षा मिति पछि प्रकाशित गरिने विद्यालयले जनाएको छ।
आवेदनसँगै शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र, तालिम सम्बन्धी प्रमाणपत्र लगायतका आवश्यक कागजातको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। इच्छुक उम्मेदवारले विद्यालयको इमेल (it.janajagriti@gmail.com) मार्फत पनि दरखास्त दिन सक्नेछन्।
