जेबी दिपक अधिकारी काठमाण्डौ-४ का “अर्गानिक” स्थानीय उम्मेदवार हुन् : कुलमान घिसिङ
कपन अनलाइन
काठमाण्डौ ,माघ २८।
उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले काठमाण्डौ क्षेत्र नं ४ मा सो पार्टीका उम्मेदवार “अर्गानिक” स्थानीय रहेको बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहेका जेबी दिपक अधिकारी दशकौ देखि यहि भूगोल र माटोमा भिजेको युवा उम्मेदवार रहेको भन्दै घिसिङले चिम चिन्हमा मतदान गर्न आग्रह समेत गरेका थिए।
पार्टी एकताका नाममा आफुहरुलाई झुक्काउने काम भएको भन्दै आक्रोस पोखेका उनले आफुहरुलाई प्रत्यक्ष तर्फ चिम र समानुपातिक तर्फ बासुरी चिन्हमा मतदान गर्नका लागि आग्रह गरेका थिए।
धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवार अधिकारीले आफ्ना योजना तथा चुनावी एजेन्डाहरु समेत संचारकर्मी समक्ष सार्वजनिक गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।
