श्रमिक पनि चाहिन्छ : महेन्द्र चालिसे (लघुकथा)
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १०।
सवैका बाबु–आमाले आफ्ना छोरा छोरी डाक्टर इन्जिनियर वनाउने चाहना राखेजस्तै उस्ले पनि आफ्ना छोरा छोरीहरूलाई डाक्टर इन्जिनियर बनाउने चाहना राखेको थियो । त्यस्को लागि उस्ले कयौं राम्रो राम्रो, महंगा र नाम चलेको अनेकौं विद्यालयहरूको बारेमा खोजतलास गर्ने गरेको थियो । विभिन्न शैक्षिक भेला अनि मेलाहरूमा आयोजना गरिने सेमिनारहरूमा नछुटाइ भाग लिने गथ्र्यौं । ऊ पनि त्यस्तो अभिभावकमध्येमा पथ्र्यो जो आफ्ना छोराछोरी के वन्न र के पढ्न चाहन्छन्– त्यस्को कुनै वास्ता नगरी आफैले नै पढ्ने विषय र अपनाउने पेशा रोज्ने गर्छन् ।
उस्ले महिनौंको अनुशन्धान पछि आफ्नो छोरालाई भविष्यमा डाक्टर वनाउन आवश्यक शिक्षा दिने विद्यालय छनौट ग¥यो र ऊँ विद्यालयमा संपर्क गर्न गयो । ऊ जुन दिन त्यो विद्यालय पुगेको थियो । त्यसैदिन विद्यालयको वार्षिकोत्सव रहेछ र ऊ त्यहाँ पुग्दा विद्यालय नयाँ दुलही जस्तै गरी झकिझकाउ गरेर सिंगारिएको थियो । समारोह स्थलमा वनाइएको मञ्चमा प्रधानमन्त्री, मन्त्रीहरू र सरकारी उच्च पदस्थ ओहोदावालहरू विराजमान थिए । विभिन्न वक्ताहरू आफ्नो लच्छेदार भाषण गर्दै देशमा शिक्षाको महत्वबारे बयान गर्दै थिए । सवैको आशय एउटै थियो कि त्यस विद्यालयले धेरै भन्दा धेरै र सकेदेखि सवै विद्यालायहरूले भविष्यमा डाक्टर इन्जिनियर वनाउन सक्नुपर्छ । मानौं यो विद्यालयमा अनेक डाक्टर इन्जिनियर उत्पादन गर्ने कारखाना हो ।
ऊ पनि दंग परेर वक्ताहरूको भाषण सुनिरहेछ र आफुले आफ्ना वच्चाहरूका लागि त्यही विद्यालय छनोट गरेकोमा एकदमै खुसी मानिरहेको छ ।
कार्यक्रम संचालनकै क्रममा कार्यक्रम संचालकले त्यस विद्यालयका प्रधानाध्यापकलाई विद्यालय र शिक्षाको बारेमा प्रकाश पारिदिनु हुन भनेर मंचमा बोलाउँछ ।
आफ्नो नाम वोलाएको सुनेर प्रधान अध्यापक पोडियमको अगाडि आएर उभिन्छन् र एकपल्ट आफ्नो गला साफ गर्छन् अनि माइकलाई आफ्नो मुखसम्म तान्छन् र अनौठो पाराले चारैतिर हेर्छन् र भन्छन् म पुर्ववक्ता विद्वान् तथा नेताज्युहरू र अभिभावकहरूज्यूहरूलाई एउटा प्रश्न गरौं है ? उनी पून चारैतिर हेर्छन् र हास्छन अनि भन्छन् के कुनै पनि देशमा केवल डाक्टर र इन्जिनियरहरू मात्र चाहिन्छ ? किन त्यहाँ शिक्षक प्रसाशक अनि श्रमिकहरू चाहिंदैन ? सवैजना देशमा किन डाक्टर र इन्जिनियर मात्र उत्पादन होस् भन्ने चाहन्छन् । देशमा त श्रमिक मजदूर आदि पनि त चाहिन्छ होला । त्यसैले अध्ययन अध्यापन सामान्य हिसावले गराउँ र विद्यार्थीहरूलाई या आफ्ना छोराछोरीलाई नै छाडिदिउँ उनीहरू के वन्न चाहन्छन् । हामी किन उनीहरूलई यो वनाउने र त्यो वनाउने भनेर उनीहरूको बाटो निर्धारण गर्ने ?
जो मेहनत गर्छ राम्रो अध्ययन गर्छ, ऊ डाक्टर इन्जिनियर वन्छ, जो पढ्दैन ऊ श्रमिक बन्छ । किनकि कुनै पनि देशको विकास हुन् त्यहाँ डाक्टर इन्जिनियर मात्र हैन अरु जनशक्ति पनि त चाहिन्छ । त्यो जनशक्ति श्रमिक मज्द्ूर नै किन नहोस् । त्यसैले हाम्रो विद्यालयमा विशेष यो वनाउँछु, त्यो वनाउँछु भनेर अध्यापन गराइंदैन । हामी उचित शिक्षा दिन्छौं, जो जे वन्छन उनीहरू नै वन्छन्, त्यो उनीहरूको रुची र क्षमताले निर्धारण गर्छ । अमेरिकामा त्यहाँका शिक्षवीदहरू भन्ने गर्छन् “सवै डाक्टर इन्जिनियर भए भने म्याक डोनाल्डमा कस्ले काम गर्ने – म्याक डोनाल्डमा काम गर्ने भएनन् भने ती डाक्टर इन्जिनियहरूले कहाँ र के खाने ? त्यसैले हामिलाई डाक्टर इन्जिनियर मात्र हैन म्याक डोनाल्डोको कामदा।र पनि उत्पादन गर्नुपर्छ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक