गजल : प्रदिपकुमार श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
तिमी र म खास हुनुपर्छ, मायाको आभास हुनुपर्छ
तिमी सदाबहार धरती, अनि म आकास हुनुपर्छ ।।
तिमै प्रेमको निमित्त म, दासी भैरहेछु अझै पनि
यो मन र त्यो मन, एकअर्कामा सहबास हुनुपर्छ ।
राधा झैं त्यागी तिमी, कृष्ण झैं समर्पित हुनलाई
पूर्ण चन्द्रमास हुनुपर्छ, जीवनभर विश्वास हुनुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
