गजल : लीलाराज दाहाल
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
सज्जनलाई लुच्चो बनाउँछ मदिराले
सुस्तसुस्त छुच्चो बनाउँछ मदिराले !
च्यातिन्छ बिस्तारै लाजको पर्दा नि
ठूलालाई फुच्चो बनाउँछ मदिराले !
बेहोसीको कम्बल ओढाएर जान्छ
रुमाललाई कुचो बनाउँछ मदिराले !
लत लागेपछि त श्रीमतीको पनि
नाक, कान बुच्चो बनाउँछ मदिराले !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
