विश्व मिर्गौला दिवसको अवसरमा ५ दिने निःशुल्क मिर्गौला परीक्षण सेवा सञ्चालन हुने

विश्व मिर्गौला दिवसको अवसरमा ५ दिने निःशुल्क मिर्गौला परीक्षण सेवा सञ्चालन हुने

कपन अनलाइन

काठमाण्डौ,चैत ४ ।

Mark International Kidney Centreले विश्व मिर्गौला दिवस २०२६ तथा संस्थाको सातौँ वार्षिकोत्सवको अवसरमा ५ दिने निःशुल्क मिर्गौला बहिरङ्ग (OPD) सेवा सञ्चालन गर्ने भएको छ।

“स्वस्थ मिर्गौला, स्वस्थ जीवन” अभियानअन्तर्गत सञ्चालन हुने उक्त सेवा चैत ८ गतेदेखि १२ गतेसम्म काठमाडौंको बाफलस्थित केन्द्रमा उपलब्ध हुने जनाइएको छ। सेवा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिनेछ।

उक्त शिविरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अर्जुन श्रेस्ठ राणाको प्रत्यक्ष परामर्श उपलब्ध रहनेछ। मिर्गौला सम्बन्धी समस्या भएका वा जाँच गराउन चाहने सर्वसाधारणले निःशुल्क सेवा लिन सक्नेछन्।

केन्द्रका अनुसार पछिल्लो समय मिर्गौला रोगका बिरामी बढ्दो क्रममा रहेकाले समयमै परीक्षण र सचेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रम आयोजना गरिएको हो। शिविरले सर्वसाधारणलाई स्वास्थ्य जाँचमा सहज पहुँच प्रदान गर्नुका साथै रोगको प्रारम्भिक पहिचानमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

तपाइँको प्रतिक्रिया ।