मंगल माध्यमिक विद्यालय किर्तिपुरमा नेपाली विषयका शिक्षक माग !

मंगल माध्यमिक विद्यालय किर्तिपुरमा नेपाली विषयका शिक्षक माग !

कपन अनलाइन

काठमाण्डौ,चैत ४ ।

मंगल माध्यमिक विद्यालय, किर्तिपुरले नेपाली विषयका शिक्षक पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। विद्यालयले निम्न माध्यमिक तह (तृतीय श्रेणी) अन्तर्गत रिक्त रहेको पदमा करार सेवामा एक जना शिक्षक नियुक्त गर्न लागिएको जनाएको छ।

विद्यालय व्यवस्थापन समितिको निर्णय तथा सम्बन्धित निकायको स्वीकृतिअनुसार प्रकाशित सूचनामा योग्य उम्मेदवारबाट दरखास्त माग गरिएको हो। आवेदन दिन इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट नेपाली विषयमा कम्तीमा १०+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ भने सेवा सुविधा नेपाल सरकारको प्रचलित नियमअनुसार प्रदान गरिने विद्यालयले जनाएको छ। दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ।

आवेदनका लागि हस्तलिखित निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, अध्यापन अनुमति पत्र तथा व्यक्तिगत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

इच्छुक उम्मेदवारहरूले आगामी चैत १७ गतेसम्म विद्यालयमा दरखास्त बुझाउन सक्नेछन्। दरखास्त बुझाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

तपाइँको प्रतिक्रिया ।