बुढानिलकण्ठ- ३ को आयोजनामा “बुढानिलकण्ठ–शिवपुरी ट्रेल रेस” आयोजना हुने
कपन अनलाइन
काठमाण्डौ,चैत ४ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को आयोजनामा “बुढानिलकण्ठ–शिवपुरी ट्रेल रेस” आयोजना हुने भएको छ। शिवपुरी क्षेत्रमा सञ्चालन हुने उक्त दौड आगामी चैत १४ गते (मार्च २८, २०२६) आयोजना गरिने जनाइएको छ।
१५ किलोमिटर दूरीको यो ट्रेल रेस पुरुष तथा महिला दुवैका लागि खुला रहनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार, चौथोले ५ हजार र पाँचौंले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
आयोजकका अनुसार दौडमा सहभागी हुन इच्छुकहरूले २०० रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ। प्रतियोगितामा सहभागी हुन इच्छुकले क्यूआर कोडमार्फत अनलाइन फाराम भरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
