आधुनिक गीत : जीवनाथ पोखरेल

आधुनिक गीत : जीवनाथ पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३०।

मुटुखान्छ घरि घरि तिम्रो याद आउँदा
ब्रमाण्ड नै जिते जस्तो लाग्ने तिमी पाउँदा
चाहन्छु म तिमीबाट बर्षिरहुन स्नेहहरु
प्रतिक्षा मै बिताउँछु जीवनरुपी जेलबरु ।

आतुरछु म मायाँ साट्न, तिमीलाई देखेपछि
भाबिले नै हाम्रो कथा हाम्रै लागि लेखेपछि
धेरै आए मेरा मनमा, कल्पनाका लहरहरु
मिठा क्षणलाई छोप्न खोज्छन् बिहानीका प्रहरहरु ।

पीरहरु लुकाएर तिम्रासामु हाँस्न खोजेँ
धेरै धेरै रहरहरु छोपेर नै बाँच्न खोजेँ
कति रोकौँ सधैँभरी यी मनका भेलहरु
एकछिन पीडा लुकाएर खेलौँ प्रेमका खेलहरु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।