बाल विकास बोर्डिङ हाइ स्कुलले  शैक्षिक सत्र २०८१ मा प्राप्त गर्‍यो ऐतिहासिक सफलता

बाल विकास बोर्डिङ हाइ स्कुलले  शैक्षिक सत्र २०८१ मा प्राप्त गर्‍यो ऐतिहासिक सफलता

कपन अनलाइन

काठमाण्डौ, बैशाख ८ ।

आफ्नो स्थापनाकालको एकतिसौँ वर्ष प्रवेश गरेको काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलले शैक्षिक सत्र २०८१ लाई ऐतिहासिक सफलताको साथ पूरा गरेको छ ।

शैक्षिक सत्रको सुरुमा नै लिपोमा क्यान्सर सेन्टर इन्डियाकोको सहकार्यमा क्यान्सर रोगसम्बन्धी दोस्रो चरणको आयोजना गरी विद्यार्थी ,अभिभावक ,शिक्षकशिक्षिका ,कर्मचारी र अन्य व्यक्तिलाई समेत क्यान्सर रोगजस्तो प्राणघातक रोगबाट उन्मुक्ति पाउने खालको परामर्श र आवश्यकताअनुसार औषधिसमेत वितरण  गर्यो ।

विद्यार्थीहरूलाई विविध अतिरिक्त क्रियाकलापमा अब्बल बनाउनका लागि विद्यालयस्तरमा मात्रै नभएर अन्तर्विद्यालयस्तरीय प्रतियोगितासमेत सहभागी गराउने क्रममा नेफद्वारा आयोजित अङ्ग्रेजी विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ६ का शुभन भण्डारी दोस्रो स्थान ओगट्न सफल भए ।

त्यसैगरी नेफबाटै आयोजित नेपाली विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ८,९ र १० को समूहमा कक्षा ८ मा अध्ययनरत रिन्चेन तितुङ द्वितीय र कक्षा ५ सम्मको समूहमा कक्षा ३ की छात्रा दिक्षेन तितुङ तृतीय स्थान हासिल सफल भएका थिए ।  गोकर्णेश्वर नगरपालिकाबाट आयोजित छन्दमा कविता वाचन प्रतियोगितामा प्रोत्साहन पुरस्कार प्राप्त गरेर बाल विकास बोर्डिङ हाई स्कुलले अर्को सफलताको सोपान उक्लन सफल भएको थियो ।

विद्यार्थीहरूका साहित्यिक  प्रतिभा प्रस्फुटनका लागि विभिन्न प्रतिष्ठित  पत्रपत्रिकामा लेख छपाउनका लागि पनि विद्यालय निकै सफल रह्यो । यसै क्रममा देशकै सबैभन्दा पुरानो साहित्यिक पत्रिका कपन बानेश्वरद्वारा प्रदान गरिने बाल साहित्य पुरस्कार २०८१ बाट यसै विद्यालयको कक्षा १० मा अध्ययनरत अनिता लामा सम्मानित भएकी थिइन् ।

नि: शुल्क रूपमा चाइनिज भाषाको पढाइ हुँदै आएको यस विद्यालयका तीन जना मेधावी  छात्रछात्राहरू “ चिनियाँ राजदूत छात्रवृत्ति २०२४” बाट  पुरस्कृत  हुन सफल भएका थिए  । शैक्षिक सत्र २०८१ मा चाइनिज भाषा प्रशिक्षक निनि (  Wanni Wang ) द्वारा अत्यन्तै प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको चाइनिज भाषाको कक्षामा उत्कृष्ट प्रस्तुति  र गतिविधि गर्ने विद्यार्थीहरूलाई चिनियाँ दूतावासद्वारा  सञ्चालित अन्तर्राष्ट्रिय स्वयंसेवक चाइनिज भाषा प्रशिक्षक कार्यक्रमअन्तर्गत बीसौँ  वार्षिकोत्सवमा  नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको हो । छात्रवृत्ति कार्यक्रम २०२४( Chinese Ambassador Scholarship -2024) को लागि  कक्षा १० मा अध्ययनरत एलिशा गुरुङले प्रथम पुरस्कारस्वरूप  रू एक लाख  ,कक्षा १० मा  अध्ययनरत स्नेहा अधिकारीले द्वितीय पुरस्कारस्वरूप रू पचास हजार  र कक्षा ८ मा अध्ययनरत रिन्छेन  तितुङले पनि द्वितीय पुरस्कारस्वरूप रू पचास हजार नगद नै प्राप्त गरेका थिए । दूतावासद्वारा पुरस्कृत हुने विद्यार्थीलाई प्रशंसापत्र र विद्यालयलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

विद्यालयको तर्फबाट कार्यक्रममा उत्कृष्ट  चाइनिज नृत्य प्रस्तुत गर्ने कलाकारहरूलाई पनि सोही समारोहमा प्रमाणपत्र प्रदान गरिएको थियो । यसै सिलसिलामा   गत October 1st देखि October 4 सम्म   बंगलादेशमा आयोजित   First South Asian School Combat WUSU  Championship मा ६५  के . जीतर्फ द्वितीय स्थान हासिल गर्ने कक्षा १० मा अध्ययनरत छात्र  सौगात चन्द  र  ४८ के . जी सम्मको वर्गमा द्वितीय स्थान नै  हासिल गर्न सफल  छात्रा  अनिता लामालाई विद्यालय र देशकै प्रतिष्ठालाई उच्च बनाउन  र ऐतिहासिक रेकर्ड बनाउन सफल भएकोमा उहाँहरूप्रति गौरवान्वित हुँदै प्रोत्साहनस्वरुप विद्यालयद्वारा  रु. ५,००० को चेक हस्तान्तरण  गरिएको थियो  ।

अन्तर्राष्ट्रिय स्तरका   रेफ्री तथा यसै स्कुलका अतितिक्त कार्यक्रम संयोजक श्री सुकमान लामाले पनि विजयी विद्यार्थीहरूलाई बधाई  दिँदै  धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको  सबैभन्दा ठुलो खेलकुद  प्रतियोगिता ‘ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ‘ को पाँचौँ चरणमा बाल विकास बोर्डिङ हाइ स्कुलका विद्यार्थीहरुले विभिन्न बिधामा  उत्कृष्ट र  अद्वितीय प्रदर्शन गरेका थिए। उक्त प्रतियोगितामा समग्रमा तेस्रो र वडा नं ३ बाट प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयका विद्यार्थीहरूले विशेषगरी कुङ फु र रनिङमा सानदार जित हासिल गरेका थिए  ।६ वटा स्वर्ण पदक ,८ वटा रजत पदक र ३ वटा कांस्य पदक हासिल गरेर बाल विकास बोर्डिङ स्कुलले गौरवशाली विजय हासिल गरेको अवसरमा विद्यालयले सम्पूर्ण विजयी विद्यार्थीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेको थियो ।  बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित तेस्रो वृत्ति मेला र नारी दिवसको अवसरमा यसै विद्यालयका विद्यार्थीद्वारा निर्मित फूलका बुकीहरूको प्रयोग नगरपालिकाद्वारा प्रयोग गरिएको थियो ।

अत्यधिक रुचाइएका उक्त मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित हिमवत खण्डकै गौरवमय सम्मिलनको समापन समारोहमा यसै विद्यालयका कक्षा ५,६ र ७ मा अध्ययनरत विद्यार्थीहरूबाट निर्मित फूलका बुकीहरूको प्रधानमन्त्री के. पि ओलीद्वारा माग गरिएको थियो र उक्त बुकीहरू विद्यार्थीहरूले प्रधानमन्त्रीलगायत अन्य विशिष्ट महानुभावहरूलाई हस्तान्तरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।