पारा खेलाडी स्विकृतीलाई चौथो स्थान
कपन अनलाइन
काठमाण्डौ, बैशाख ७ ।
पारा टेबल टेनिस खेलाडी स्विकृती न्यौपानेले काठमाण्डौमा आयोजना भएको प्रथम नेशनल ओपन ईन्क्लुसिभ टेबल टेनिस टुर्नामेन्टमा चौथो स्थान हात पार्न सफल भएकी छिन् ।
बिश्व टेबल टेनिस डे को अवसरमा आयोजित प्रतियोगितामा पारा खेलाडी स्विकृती सवल खेलाडीहरुको माझबाट चौथो स्थान हात पार्न सफल भएकी हुन् ।
प्रतियोगितामा पहिलो स्थान एपिएफका राजीव चिकबन्जारा, दोश्रो र तेश्रो स्थानमा स्थानमा नक्साल टेबल टेनिस क्लबका रक्त चन्द्र मानन्धर र धर्म राज थापा रहे ।
राष्ट्रिय शारीरिक अपाङ्गता टेबल टेनिस संघका उपाध्यक्ष लक्ष्मण नेपालीको पहलमा राष्ट्रिय शारीरिक अपाङ्गता टेबल टेनिस संघ र आइटिटिएफ फाउन्डेशनको सहकार्यमा भएको प्रतियोगितामा विभिन्न सपाङ्ग र अपाङ्गता भएका गरि ३४ खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको मुख्य उद्धेश्य सपाङ्ग र अपाङ्गता भएका खेलाडीहरुलाई एकै स्थानमा उपस्थित गराई अपाङ्गगता भएका खेलाडीहरुलाई पनि सपाङ्गलाई झै अवसर प्रदान गर्न सकेमा सपाङ्गझै अगाडी बढ्न सक्छन भन्ने जनचेतना अभिबृद्धि गर्नु हो । यो प्रतियोगिता मात्र नभई सपाङ्ग र अपाङ्गता भएकाहरुलाई एकै मञ्चमा उतार्दै शारीरिक कारणले अपाङ्गहरु भिन्न होईनन् र उनीहरुलाई पनि खेलकुदको मुख्य अंग बनाउनु पर्छ भन्ने भावना हो ।
बिजयी खेलाडीहरुलार्य राखेप प्रतियोगिता तथा योजना विभागका प्रमुख मिन शर्माले पुरस्कार वितरण गरेका थिए । बिश्व टेबल टेनिस डे यहि अप्रिल २३ तारिख बुधबार हो ।

तपाइँको प्रतिक्रिया ।