बुढानिलकण्ठ-१३ पुतली डाडामा कपन बहुमुखी क्याम्पसको विशेष कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ, बैशाख ८ ।
बुढानिलकण्ठ नगरपालिका द्वारा संचालित कपन बहुमुखी क्याम्पसले वडा नं १३ को पुतलीडाँडामा विशेष कार्यक्रम सम्पन्न गरेको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयहरुका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
उक्त विशेष कार्यक्रममा हालसम्म क्याम्पसले गरेका कामहरुका बारेमा समिक्षा गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा बृहत छलफल तथा अन्तरक्रिया गरिएको क्याम्पस प्रमुख भुमिदत्त पौडेलले जानकारी दिएका छन ।
त्यसै सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका र कपन बहुमुखी क्याम्पसलाई वातवरण मैत्री बनाउनका लागि गर्नुपर्ने कम र तयारीहरुका बारेमा अन्तरक्रिया गरिनुका साथै अन्य विविध आयामहरुका बारेमा पनि छलफल गरिएको थियो।
सो विशेष कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्यहरु, क्याम्पस संचालक समिति, पुर्व संचालक समिति सदस्यहरु, अक्षय कोष दाताहरुका साथमा क्याम्पसका सभासद तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।