LEADS Nepal को आयोजनामा समाचार लेखन कार्यशाला सम्पन्न

LEADS Nepal  को आयोजनामा समाचार लेखन कार्यशाला सम्पन्न

कपन अनलाइन

काठमाण्डौ, बैशाख २६।

Leadrers for Education and Development ( LEADS) Nepal  र कपन अनलाइनको आयोजनामा समाचार लेखन कार्यशाला सम्पन्न भएको छ।

LEADS Nepal का सदस्य विद्यालयहरु र कपन अनलाइनका साझेदार विद्यालयहरुका विद्यार्थीहरुलाई समाचार लेखनका आधारभूत ज्ञान र प्रयोगात्मक कक्षा संचालन गरिएको सो कार्यशालामा २५ विद्यालयका ५७ जना विद्यार्थीहरुको सहभागिता राहेको थियो।

बुढानिलकण्ठ नगरपालिकाका प्रत्येक विद्यालयमा विद्यार्थी पत्रकार उत्पादन गर्ने उदेस्यका साथ संचालन गरिएको सो कार्यशालामा विद्यार्थीहरुलाई विभिन्न विषयहरुका बारेमा जानकारी प्रदान गरिनुका साथै विद्यालय हुने गतिविधिका बारेमा समाचार तयार पार्ने विधिका बारेमा प्रशिक्षण प्रदान गरिएको LEADS Nepal का अध्यक्ष विष्णु चन्द्र अधिकारीले जानकारी दिएका छन।

बरिष्ठ पत्रकार श्याम रिमाल र क्पान अनलाईनका सम्पादक पुन्यराज पुडासैनीले प्रशिक्षण दिएको सो कार्यशाला समापनका अबसरमा खेमराज घिमिरे ,जेबी हमाल, टिका गौतम ,समिर बास्तोला,मिनराज कोइराला, लक्ष्मण तितुंग लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।