स्मृतिका बिम्बहरूभित्र रुँमलिदा : अरुणबहादुर खत्री “नदी” ( कृति समीक्षा)
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
नेपाली साहित्यमा विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकार राम लामा अविनाशीको स्मृतिका बिम्बहरू नामक संस्मरणसङ्ग्रह २०८० सालमा प्रकाशित भएको छ । यसभन्दा अगाडि उनले लेखेको पिल्सिएको परदेशी मन नामक कवितासङ्ग्रह २०७६ सालमा निस्केको थियो । यो संस्मरणसङ्ग्रहमा अमेरिकामा लत्रिएको कोरियन जवानी, सन एन्टोनियामा रसाएका आँखा, नेपाल अब नेपाल नही रहेगा ! लगायत विभिन्न शीर्षकका १५ वटा संस्मरणहरू सङ्गृहीत छन् । अमेरिकामा लत्रिएको कोरियन जवानी शीर्षकको पहिलो संस्मरणभित्र कोरियामा गाउँगाउँमा रहेर काम गर्ने नेपालीहरूलाई भेट्न जानुपथ्र्यो । सार्वजनिक सवारी साधन तथा स्टेसनका साइनबोर्डहरू कोरियन भाषामा मात्र लेखिएका हुन्थे । बाटो सोध्नको लागि अङ्ग्रेजी बोल्न सक्ने मान्छे भेटिदैनथे । त्यसैले मलाई कोरियन भाषा सिक्न जरुरी भयो भनेर अविनाशीले लेखेका छन् ।
उनले लेखेका संस्मरणका सबै बिम्बहरू सकारात्मक सोचका निष्कर्षमा छन् । राष्ट्रनिर्माणका लागि समर्पित छन् । संस्मरणमा नेताको कुरा छ, नीतिको कुरो पनि छ । शासनको कुरा छ, प्रशासनको कुरा पनि छ । सन् एन्टोनियामा रसाएका आँखा शीर्षकभित्र हेल्लो भनेको मात्र के थिएँ । उताबाट भन्नुभयो म कमल बोलेको । राम्रोसँग आइपुग्यौ ? नमस्कार दाइ भने । उहाँ नाताले भान्दाइ पर्नुहुन्थ्यो । ल एकछिन आराम गर । म बेलुकासम्म त्यहाँ आइपुग्छु भन्नुभयो भनेर लेखिएको छ ।
परदेशमा घडीको सुइसँगै चल्नुपर्ने हाम्रो दिनचर्याभित्र भावना हुँदैमा प्रस्फुटन भई कोरिदैम किताबको अन्तिम रुप दिन सजिलो कहाँ हुँदो रहेछ र ? नेपाल अब नेपाल नही रहेगा ! शीर्षकभित्र राजतन्त्रले वस, एक राजा काबिल होने से चलता है, लेकिन प्रजातन्त्र मे पुरा जनता काबिल होना चाहिए । तमी आफ्ना सही नेता चुन सक्ते है भनेर उनले लेखेका छन् । राजस्थानका बच्चालाई बडा हो के क्या करोगे बेटा ? भनी सोद्धा नेपाल जाके बिजनेस करके बडा उद्यमी बनेडे भन्छन् भनेका थिए ईन्द्रचोकका साडी पसले मारवाडी छगनलालजीले ।
नेपालको अर्थतन्त्र गैरनेपालीहरूको कब्जामा गएको प्रति चिन्ता गर्नु संस्मरणको अर्को पक्ष हो । अर्थतन्त्रको सम्भावना उपयोग नभएको मात्र होइन नेपालप्रति माया नगर्ने व्यक्तिहरूले भारतीय मूलका व्यवसायीहरूले अरु विदेशीहरूले आफ्ना स्वार्थ सङ्गीर्णतामा लागेका छन् । सम्भावना र क्षमता भएका मानवशक्तिहरू देशबाट बाहिरिएका छन् । संस्मरणका पानाहरू यही चिन्तामा लपेटिएका छन् ।
मेरो थर्काइले बनाइदिएको सम्बन्ध शीर्षकभित्र मलाई रातभर निन्द्रा लागेन । पुलिसको फन्दामा आफू पर्न लागेको कुरा मनभरि खेलिरह्यो । यसै पनि मलेसियाको स्लोगन नै छ पुलिस द राजा मलेसिया । एउटा साधारण प्ुलिसको त कत्रो फूर्ति हुने देशमा पूर्व आइजिपीले. नै बोलाएपछि डर नलाग्ने त कुरै भएन । त्यो पनि जसलाई न्वारनदेखिको बल निकालेर थर्काएको थिएँ भनेर अविनाशीले लेखेका छन् ।
उनले लेखेका संस्मरणहरू यथार्थ छन् । काल्पनिकताको लेस हुँदैन । भोगिएका यथार्थलाई कलाशिल्पको लेपनले संस्मरण पढ्न, बुझ्न घटनासँग साक्षात्कार हुन दृश्यसापेक्षता र समानुभूतिमा ल्याउन र आफू भएर परिस्थितिको विचरण गर्न सकिन्छ । राम लामा अविनाशीका स्मृतिका बिम्बहरू जो कुनैलाई त्यही अनुभूति दिन्छ । स्मृतिका बिम्बहरू राष्ट्रियता, नेपालीपन, पहिचान र अस्मिताको चित्र पनि हो । संस्मरणका कथाहरू जहाँजहाँ पुग्छ त्यहीँ नेपालीपन र नेपाली राष्ट्रियतालाई खोज्छ । मलेसियामा निख्खर राष्ट्रियता मेटेर संस्मरणका प्रधान पात्र मख्ख पर्छन् । कृतिभित्र नेपालको प्रगति र पहिचानको लागि काम गर्ने नेता, प्रशासक, राजदूत, व्यापारीहरूको खोजी गरिएका छन् ।
साथीको अन्त्येष्टिमा जान नमानेको मन शीर्षकभित्र नेपालबाट अष्ट्रेलिया उड्ने बेलामा एयरपोर्टमा लफडा भएको थियो । बिहान एकजना काकालाई उहाँ काममा जाने बेलामा मेरो टिकट, पासपोर्ट र लगेज दिएर पठाएको थिएँ । उहाँ एयरपोर्टको लोडर हुनुहुन्थ्यो ।बोर्डिङ पास लिएर राखिदिनका लागि अनुरोध गरेको थिएँ भनेर अविनाशीले लेखेका छन् ।
सिड्नीलाई सम्झिँदा शीर्षकभित्र १९८४ को कुरा हो । भारतमा अर्डर गरेका कटन गार्मेटहरू आइपुगेका थिए । गार्मेन्टहरू लिएर अष्टे«लियाको सिड्नीको बजार घुम्न थालेँ । त्यत्रो तयारीका साथ मार्केटिङ सुरु गर्न थालेको मान्छे बजारमा गएर स्याम्पल देखाउँनै लाज लाग्ने, दोकानभित्र जान पनि सङ्कोच लाग्ने भनेर अविनाशीले लेखेका छन् ।
अन्त्यमा उनका अन्य राम्रा राम्रा कविता सङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु ।
कृतिकारः राम लामा अविनाशी
संस्मरणसङ्ग्रहः स्मृतिका बिम्बहरू
संस्करणः प्रथम, २०८०
प्रकाशकः रचनाकार स्वयम्
मूल्यः रु.४२५।–
पृष्ठः १६२
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।