आध्यात्मिक साधना के हो र किन ? राजेशमान के.सी.

आध्यात्मिक साधना के हो र किन ? राजेशमान के.सी.
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
आध्यात्मिक साधनामा लाग्ने हामीमध्ये प्रत्येकले सर्वप्रथम आफैलाई प्रश्न गर्नु पर्दछ कि ‘म को हुँ ?’ मेरो कर्तव्य के हो ? यस संसारमा जन्म लिएर खाने–लाउने अनि सांसारिक सुख सुविधा उपभोग गर्ने । यतिमात्र हो त मेरो कर्तव्य ? यतिको लागि मात्र हो त मैले यस संसारमा जन्म लिएको ? यी प्रश्नहरुलाई आप्mनो ह्रदयको केन्द्रविन्दूमा राखेर आत्मचिन्तन र परमात्मा चिन्तनमार्फत् त्यसको उत्तर खोजी गर्नु नै आध्यात्मिक साधना हो ।
दुःखका साथ भन्नुपर्छ कि आज हामी जुन भौतिक संसारमा बाँचिरहेका छौं त्यसप्रतिको अत्यधिक मोह र त्यस प्रतिको अत्यधिक लालसाले गर्दा हामीले आप्mनो वास्तविक मानवीय स्वरुप भुलिरहेका छैनौंं । आप्mनो मानवीय स्वरुप विर्सेर हामी शरीर नै म हुँ र म नै शरीर हुँ भन्ने भ्रममा रुमल्लिरहेका छौं । र, यही भ्रमको कारण हामी यस नाशवान भौतिक शरीरको सुख सुविधा र विलासिताको मात्र पछि लागेर आप्mनो जीवनको बहुमूल्य समय नष्ट गर्न पुग्दछांैं । र, कुन दिन मृत्युले टपक्क टिपेर लैजान्छ सकियो ।
त्यति मात्र होइन, यही भौतिक सुख सुविधाको अत्यधिक लालसाले गर्दा समाजमा हत्या, हिंसा र अपराधजन्य घटनाहरु बृद्धि भइरहेको हामी पाउँछौंं । जब मानिसले भौतिक सुख सुविधाको मात्र अत्यधिक लालसा राख्दछ तब ऊ यसको प्राप्तिको लागि कुनै पनि कुकर्म गर्न पछि हट्दैन र यसैको परिणामस्वरुप समाजमा हिंसा, पाप र अपराध जस्ता गलत कर्महरु बृद्धि हुन पुग्दछन् । त्यसैले समाजलाई यस्ता आपराधिक गतिविधिहरुबाट मुक्त राख्न आध्यात्मिक ज्ञानकै आवश्यकता पर्दछ । किनकि आध्यात्मिक ज्ञान वा चेतनाबाटै कुनै पनि व्यक्तिलाई यस्ता कुकर्महरुबाट टाढा रहने प्रेरणा प्राप्त हुन्छ । भौतिक प्रगति गर्नु हुन्न भन्ने होइन । हामीलाई आप्mनो दैनिक–पारिवारिक जीवन संचालन गर्न, समाजमा मर्यादित जीवन व्यतित गर्न भौतिक स्रोत साधन अवश्य पनि चाहिन्छ । तर त्यस्तो भौतिक स्रोत साधन सत्कर्म र सत्माग्रद्वारा प्राप्त गरी त्यसको केही अंश मानव हित र सेवामा लगाउन हामीलाई आध्यात्मिक ज्ञान र चेतनाको पनि उत्तिकै आवश्यक पर्दछ ।
हुन त कतिपय मानिसहरुको के धारणा रहेको पाइन्छ भने यो धर्म, आध्यात्ममा लाग्ने भनेको त उमेर ढल्केपछि पो गर्ने हो त । उमेर छंदै पनि यतातिर लागिरहन्छ कोही? यो त समयको बर्बादी मात्रै हो । यो सोचाई सही होइन । किनकि आध्यात्मिक साधनामा लाग्नु भनेको उमेर छँदा जे मन लाग्यो त्यही गरेर हिँड्ने अनि उमेर ढल्केपछि आप्mनो पाप मोचनका लागि मन्दिर चाहार्दै हिँड्ने जस्तो होइन । आध्यात्मिक साधनामा लाग्नु भनेको आपूm, आप्mनो घर परिवार र समाजको सकारात्मक रुपान्तरणको लागि सत्मार्गको अबलम्बन गर्ने हो, सत्कार्य गर्ने हो । त्यसैले समाजको सकारात्मक रुपान्तरणको लागि के बालबालिका, के युवा, के महिला, के बृद्ध सबैले आध्यात्मिक मार्गमा लाग्नु आवश्यक छ, जरुरी छ । बालबालिकाहरु भोलिका कर्णधार भएकाले उनीहरुमा असल चरित्रको जग बसाल्न आध्यात्मिक साधनाको आवश्यक छ भने युवाहरुमा रहेको उर्जा र क्षमतालाई सही मार्गमा लगाउन र उनीहरुलाई कुलत र कुसँगतबाट टाढा राख्न आध्यात्मिक मार्गमा लाग्न जरुरी छ । त्यस्तै महिलाहरुको घर व्यवहार संचालन र बालबच्चाको पालन पोषणमा महत्वपूर्ण भूमिका रहने भएको हुँदा महिलाहरुले पनि आध्यात्मिक साधनामा लाग्नु त्यत्तिनै आवश्यकता हुन्छ । अन्त्यमा हामीले अबलम्बन गर्ने आध्यात्मिक साधनाको मुख्य आधार भनेको सकारात्मक चिन्तन र आपूmप्रतिको अटल विश्वास नै हो । यिनै कुराहरुले हामीलाई आध्यात्मिक मार्गमा निरन्तर लाग्न अभिप्रेरित गर्दछ । र, आध्यात्मिक मार्गमा निरन्तर लागेर नै हामी समाजको सकारात्मक रुपान्तरणमा योगदान पु¥याउन सक्छौं । समाजको सकारात्मक रुपान्तरणको लागि सबैभन्दा पहिले त आप्mनै मनको रुपान्तरण गर्नु आवश्यक छ । र, मनको रुपान्तरणको लागि पनि हामीलाई आध्यात्मिक साधनाकै आवश्यकता पर्दछ । सँगसँगै हामीले के पनि बुभ्mनु आवश्यक छ भने मनको रुपान्तरण गर्नु भनेको मनमा उठेका सबै इच्छा आकांक्षाहरुलाई दमन गर्नुपर्छ अथवा दबाउनु पर्छ भन्ने होइन । मन त विचारको मुख्य स्रोत हो । मनमा राम्रो विचार पनि उत्पन्न हुन्छ नराम्रो विचार पनि उत्पन्न हुन्छ ।वास्तबमा मनमा उठेको राम्रो विचारलाई अघि बढाउनु र नराम्रो विचारलाई रोक्नु वा संयमतापूर्वक नियन्त्रण गर्नु नै मनको रुपान्तरण हो । र, मनको रुपान्तरण पनि आध्यात्मिक साधनाबाटै सम्भव हुन्छ । यही कुरालाई मनन गरेर हामी यदि आध्यात्मिक मार्गमा निरन्तर लागिरहन सक्यौं भने अवश्य पनि यसबाट प्राप्त ज्ञान उपयोग गरी हामी आपूm, आप्mनो घर–परिवार र समाजको सकारात्मक रुपान्तरणमा योगदान पु¥याउन सक्ने छौं ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
Close