मुस्कानको रङ : गंगा खड्का ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
“मान्छेहरूको देखासिकी देखेर नि म त छक्क पर्छु !”
“के भयो र बा ?मोबाइल हेर्दै भुतभुताउन पो थाल्नुभयो त ?” एक्लै भुतभुताइरहेका राधाकृष्णलाई राजेशले सोधे ।
“ हेर न बाबु । छोराछोरीले हस्पिटलमा भर्ना भएका बुढा बालाई होलीको रङ दलेर होली मनाएको फोटो हालेका । “राधाकृष्णले राजेशलाई मोबाइल देखाउँदै भने ।
फोटाहरू र क्याप्सनलाई खुब घोरिएर हेरेपछि राजेशले भने “यसमा छक्क पर्ने कुरा भन्दा नि मलाई त खुसी पो लाग्यो त बा । औषधिले दल्न नसकेको मुस्कानको रङ छोराछोरीले दलिदिएका होलीको रङले पो दलेको रहेछ त ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
