नयाँ सालिकको जन्म र वनमाली निराकार : ममता मृदुल
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६ ।
विषय प्रवेश :
भैरहवामा बसेर
नेपाली भाषा साहित्यका विविध विधामा लेख्ने उत्साहको डोको बोकेका उत्साही लघुकथाकार वनमाली निराकारले लेखेका विविध विषयमा विभिन्न पत्रपत्रिकामा पढ्दै आएका छौँ । जुन विषयमा पनि लेख्न सक्ने क्षमताका धनी आदरणीय व्यक्तिको पुस्तक मेरो नाम लेखेको पाए ।
खुसी लाग्नुपर्ने कारण पनि छ । लघुकथा लेखनमा निक्कै उत्साह थपिएको बेलामा लघुकथाको पुस्तक पाएपछि पढेँ र लेख्न मन लाग्यो ।
राम्रा लघुकथाकार संख्यात्मक रूपमा लघुकथासङ्ग्रह बढ्नु राम्रो कुरा हो । लघुकथा प्रतिको आकर्षण बढेको छ । थोरै समयमा पढन सकिने भएकोले पाठक पनि बढनु स्वभाविक हो । मनमा लहर पैदा गराउन सफल विधा लघुकथालाई मानिन्छ ।
आयाम :
लघुकथा पुस्तकका रूपमा आएको वनमाली निराकारको लघुकथासङ्ग्रह भित्र बत्तीसबैटा लघुकथा सङ्ग्रहित छन् ।
प्रकाशक आराधना शर्मा ज्ञवाली वेलिङ बेक्स्ले लन्डन बेलायत रहेको छ । समर्पण प्रिय पाठकलाई गरिएको छ । आत्म कत्थ्य शीर्षकमा वनमाली निराकारले आफ्नो कुरा लेखेका छन् ।
आवरण रमेश श्रेष्ठको रहेको छ । सङ्ग्रहको अन्तिममा प्रा. डा.कपिल लामिछानेले लेखेका छन् । कथा र कवितामा उहाँको समानान्तर स्थान छ । लघुकथाको यस सङ्ग्रहबाट उहाँको योगदानको एक पृष्ठ उघारिँदैछ ।
रुद्र ज्ञवालीले पनि आफ्नो कुरा यसरी व्यक्त गरेका छन् ।
मान्छेका मानसिक उद्देलनलाई नजिकैबाट सुम्सुम्याएर सुन्दर कलेवरमा सिर्जना गर्न खप्पिस सिल्पीको नाम हो वनमाली निराकार ।
साहित्य क्षेत्रमा स्थापित लघुकथाकार वनमाली निराकारका लघुकथामा समाज छ ।
नयाँ सालिकको जन्म लघुकथाभित्र पस्दा :
नयाँ सालिकको जन्म शीर्षकको लघुकथा पहिलो लघुकथा हो ।
ऊ अर्थात् नायक यतिबेला अत्यन्त उत्साहित र प्रफुल्लित देखिन्थ्यो । किनभने ऊ भर्खरै ढलेको सालिकको आधार स्तम्भमा उभिएको थियोे । उसको हातमा मझौला खालको घन थियोे ।
एक हुल मानिसहरू ढलेको सालिकलाई अझ साना साना टुक्रामा फोड्दै थिए । वरिपरि सर्वसाधारण जनताको भीडले तमासा हेरिरहेको थियोे । टुक्रा हुँदै गरेको सालिकबाट एउटा डरलाग्दो छाया विस्तारै उठ्यो । नायकले तमासा हेरिरहेको थियोे । एकछिन त नायक पनि डरायो । हेर्दाहेर्दै त्यो छाया नायक भित्र समाहित भयो । ऊ अघि सालिक उभिएकै ठाउँमा तन्किएर उभियो । उसको हातमा घन छँदै थियोे । अब ऊ दुरुस्त सालिक जस्तै देखियो ।
मन्त्री भएपछि अन्तिम रहेको छ । म सरासर भित्र पस्न खोजेको थिएँ त सुटटाईमा कस्सिएको एउटा युवकले मलाई रोक्दै भन्यो, हैन कहाँ जान खोज्नुभएको पहिले यहाँ बस्नुहोस्, आफ्नो नाम लेखाउनु होस् अनि समय मिल्यो भने मात्र मन्त्रीलाई भेट्न पाउनु हुनेछ ।
मन्त्रीज्यू पूजामा हुनुहुन्छ एक डेढ घन्टा जति लाग्छ ।
सबैको नमस्कार फर्काउँदै ऊ बाहिर निस्कियो । मेरो हात अनायास कोटको खल्तीमा पुग्छ जहाँ गाउँको इच्छा, आकांक्षा र सपनाको पुलिन्दा निवेदनको रूपमा छ
मन्त्री भएपछि पहिले नगरिएका थुप्रै काम गर्नुपर्छ रे । ती काम मध्ये एउटा काम आफ्ना साथीभाइ र गाउँलाई बिर्सनु पनि हो ।
यश सङ्ग्रहमा यथार्थमा आधारित प्रेरक लघुकथा रहेका छन् ।
भाषाशैली :
सरल नेपाली भाषामा लेखिएका लघुकथा रहेका छन् ,
लघुकथा नेपाली भाषा साहित्यमा स्थापित लघु आख्यान विधाको रूपमा लिन सकिन्छ ।
लघु अर्थात छोटो र कथ्य भएपनि यो छोटो कथा तर सानो आकारको कथा हुनु हो । आकस्मिक उठान र कौतुहलताले लघुकथामा सुनमा सुगन्ध थप्ने काम गर्छ ।
उद्देश्य :
लघुकथा लेखनमा शैलीको महत्व रहेको छ । शैलीमा धेरै कुरा पर्छन तर व्यंग्य शैली रूचाइन्छ । शैली कथामा अभिव्यक्त दिने माध्यम हो । यसले लघुकथालाई डोर्याएको हुन्छ । लघुकथाकारले प्रयोग गरेका बिम्व प्रतीक र सुक्ष्म विश्लेषण लघुकथामा महत्त्व हुन्छ ।
जीवनका धेरै घटना समेट्न सकिन्छ । सजिव, निर्जिव, जीवन जगतका, समाजका विकृति विसँगतीका बारेमा थोरै समयमा आँखा खोल्ने काम लघुकथाले गरेको हुन्छ । समाजका विकृतिलाई मूल विषय बनाएर लेखिएका लघुकथाले आँखा बन्द भएका मान्छेलाई घचघच्याउने काम गरेको छ । यस सङ्ग्रहभित्रका लघुकथाले उठाउने कोसिस गरेको छ । परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यका साथका लेखिएका लघुकथा छन् ।
निष्कर्ष :
आमा तपाईंले त भन्नुस के चाहिन्छ ?
आमाले थकित आवाजमा भनी– बाबु मलाई केही उपहार चाहिन्न सक्छस् भने पन्ध्र वर्षदेखि हराएको मेरो छोरा ल्याई दे । रोजगारीका विदेश गएका सन्तानको प्रेममा बाआमा विक्षिप्त भएको अवस्था छ ।
राजनीतिका विविध विषयमा लेखिएका लघुकथाले नागरिकलाई सचेत गराएको छ । छोराछोरीमागरिएको विभेदका लघुकथा छन् । नारी दिवसका दिन छोरी बाबु र छोराका लुगा धुन गएको लघुकथाले नारामा सिमित हुनुहुन्न भन्ने कुरा बोलेको छ । लघुकथाकार वनमाली निराकारका लघुकथालाई सीमाले बाध्न सकेको छैन । हरेक विषयमा खुलेर बोल्नु नै सुन्दर लाग्छ । साहित्यकार वनमाली निराकारको सफल साहित्य यात्राको कामना गर्दै आजलाई विदा माग्छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक