बुढानिलकण्ठमा नगरसभाको १४ औ अधिवेसन सम्पन्न, कस्तो छ भौतिक प्रगति विवरण ?

बुढानिलकण्ठमा नगरसभाको १४ औ अधिवेसन सम्पन्न, कस्तो छ भौतिक प्रगति विवरण ?

कपन अनलाइन

काठमाण्डौ ,पुस २४।

बुढानिलकण्ठ नगरपालिकामा नगरसभाको १४ औ अधिवेसन सम्पन्न भएको छ। नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको नगर सभाले विभिन्न प्रतिवेदनहरु पारित गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाको सो अधिवेसनमा २०८१ श्रावण १ गते देखि पुस १५ गते सम्म सम्पन्न भएका विभिन्न भौतिक पूर्वाधार निर्माणको प्रगति विवरण प्रस्तुत गरिएको थियो।

नगरसभामा प्रस्तुत गरिएको प्रगति विवरणका अनुसार यस अवधिमा १८३ वटा योजना सम्पन्न  भएका छन जसमा ३८४७ मिटर सडक ढलान र १०६४ मिटर सडक कालोपत्रे भएका छन।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा ३११३ मिटर ढुंगाको पर्खाल निर्माण सम्पन्न भएको छ भने १४४६ मिटर सडक ग्राभेल सम्पन्न हुनुका साथै ७ वटा सामुदायिक भवन /कभर्डहाल निर्माण सम्पन्न भएका छन।

नगरसभामा प्रस्तुत प्रतिवेदनमा ७२९ वटा सडक बत्ती जडान गरिएको जानकारी दिइएको छ भने यस अवधिमा ३ वटा सामुदायिक विद्यालय र क्याम्पस भवन निर्माण गरिएको छ।

त्यस्तै यस अवधिमा १८ स्थानमा सडक ऐना राखिएको छ भने १९६२ मिटर ह्युम पाइप बिछ्याउनुका साथै ८ वटा मन्दिर निर्माण तथा संरक्षण गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।