अर्थशास्त्र, अध्यापन र मेरो अनुभव : शम्भु प्रकृति
कपन अनलाइन
काठमाण्डौ ,पुस २०।
मानव सभ्यताको उत्पत्तिसङ्गै जब लेखनकलाको शुरूवात भयो, त्यतिखेर सर्वप्रथम मानवजातिले लेखेको ग्रन्थ वेद हो । यसलाई महर्षी वेदब्यासले नेपालमै बसेर रचना गरेका थिए किनभने उनको जन्म र कर्म दुबै नेपालमा भएको थियो । तनहुँ जिल्लाको ब्यास क्षेत्रमा उनको जन्म भएको थियो । पिता महर्षी परासर र माता सत्यवतीको सन्तानको रूपमा । मानवले धर्तीमा लेखेको पहिलो पुस्तक नै वेद हुनाले सर्वप्रथम ऋग्वेद, त्यसपछि यजुर्वेद, सामवेद र अथर्ववेदको रचना वेदब्यासले गरे । धर्तीमा मानवको उत्पत्ति नै हिमालयको मानसरोवर क्षेत्रमा भएको एकथरी कथन पाइन्छ । जे होस नेपाल हिमालयको मुख्य खण्ड भएकोले यहीँ नै मानव सभ्यताको उत्पत्ति, प्रसार र ग्रन्थ लेखनको शुरूवात भएकोमा कुनै दुविधा छैन । अथर्ववेदमा नै ‘नेपाल’ को नाम उल्लेख हुनुले नेपाल सर्वाधिक प्राचीन मुलुकमा पर्दछ । वेदब्यासले वेदको रचना गरेपछि चारवटा उपवेदहरूको पनि रचना गरे ।ती हुन आयुर्वेद, धनुर्वेद, गान्दर्ववेद र अर्थशास्त्र । यसरी अर्थशास्त्र दुनियाँकै सर्वाधिक प्राचीन विषयहरूमध्ये एक हो । राज्य सन्चालनको लागि धन तथा मुद्रा, कानुन, राजनीतिशास्त्र, समाजशास्त्र, नीतिशास्त्र, धर्मशास्त्र आदि बिषयहरूलाई जोड्ने काम अर्थशास्त्रले गरेको देखिन्छ । बेदब्यासपछि कम्तिमा ९ जना ऋषिमुनिहरू जस्तैः बृहस्पति, शुक्राचार्य आदिले अर्थशास्त्रको क्षेत्रमा आफ्ना धारणा तथा सुत्रहरू प्रतिपादन गरेको पाइन्छ । आचार्य कौटिल्यले रचना गरेको कृति ‘कौटिल्यको अर्थशास्त्र’ मा उनले आपूmभन्दा अगाडि नौ जना सुत्रधार अर्थशास्त्रीहरूले अर्थशास्त्रका सुत्र तथा सिद्धान्तहरू प्रतिपादन गरेको उल्लेख गरेका छन् भने उनले केही नयाँ सुत्र, धारणा र विचारहरू अघि सारेका छन् ।
यसरी ‘कौटिल्यको अर्थशास्त्र’ मानवजातिको इतिहासमा लेखिएको अर्थशास्त्रको दोश्रो ग्रन्थ हो भने यसै समयकालमा युनानमा प्लेटो तथा एरिसटोटलले आर्थिक विचारधाराको प्रतिपादन एवं बिजारोपण गरिसकेका थिए । त्यसभन्दा पनि अगाडि बौद्ध दर्शनमा आर्थिक विचारहरूको थालनी भैसकेको थियो । अथशास्त्रलाई ग्रन्थकै रूपमा विकास गर्ने श्रेय भने वेदब्यास र कौटिल्यलाई जान्छ । चाणक्य वा कौटिल्यले आफ्ना पिता चणकबाट अर्थशास्त्रका सुत्रहरू प्राप्त गरेका थिए । त्यसपछि संसारमा विकसित हुँदै गएको वाणिज्यवाद, व्यापार र धन तथा मुद्रा एवं सुनचाँदी वा स्वर्ण सङ्ग्रह गर्ने र त्यसलाई पूँजीमा परिणत गर्ने ‘पूँजीवाद’ लाई मुख्य विचारको रुपमा सन् १७७६ मा एडम स्मिथ भन्ने बेलायती विद्वान अर्थशास्त्रीले ‘वेल्थ अफ नेसन्स’ भन्ने पुस्तक लेखेर अर्थशास्त्रमा नवक्रान्ति नै गरे । उनको पुस्तक ‘पूँजीवादी विचारधारा’ वा पूँजीवादको प्रादुर्भाव गराउने पहिलो पुस्तक नै थियोे । उक्त पुस्तकले आधुनिककालमा अर्थशास्त्रलाई नयाँ रुपमा जन्म दिएकाले एडम स्मिथलाई आधुनिक अर्थशास्त्रका पिता भनिन्छ । स्मिथका अनुयायीहरू जे.बि.से., एफ.ए. वाकर, जे.एस. मिल जस्ता अर्थशास्त्रीहरू र उनका कटु आलोचकहरू कार्लाइल, रस्किन, मौरिस डब लगायतका मानवतावादी दार्शनिकहरू भए । स्मिथले अर्थशास्त्रलाई ‘धनको विज्ञान’ भनी परिभाषित गरी मानवलाई ‘आर्थिक–गैरआर्थिक’ मानवका रुपमा छुट्टाएर मानवभन्दा धन बढी महत्त्वपूर्ण भन्ने धारणाहरू अघि सारेकाले उनी बढी आलोचित भए। एक सय बर्षभन्दा बढी अवधिसम्म उनको पुस्तकलाई बहिष्कार र प्रतिबन्धित गर्ने कार्य तत्कालीन युरोपको चर्च, इसाई समाज र पादरीहरूबाट भए । तर स्मिथले सार्वजनिक वित्त लगायत कर प्रणाली, उदार आर्थिक नीति र पूँजीवादको जग बसालेकोले उनको कृति ‘वेल्थ अफ नेसन्स’ विश्वभरी नै लोकप्रिय हुदै गयो । पूँजीवादी अर्थशास्त्र र सुक्ष्म अर्थशास्त्रको रुपमा स्मिथको पुस्तक चर्चित भयो । उनीपछी कार्ल माक्र्सले स्मिथकै पुस्तकको बृहत् अध्ययन गरेर अर्थशास्त्रको क्षेत्रमा माक्र्सवादी अर्थशास्त्रलाई विकसित गरे ‘पूँजी’ भन्ने कृतिको रचना गरेर । समाजवादी र साम्यवादी विचारधारामा अर्थशास्त्रलाई ढाल्ने काम माक्र्सले गरे । मूलतः ‘श्रम अर्थशास्त्र’ र ‘कल्याण अर्थशास्त्र’का रुपमा माक्र्सवादी अर्थशास्त्र चर्चित छ भने उनले नै एडम स्मिथ र उनका अनुयायीहरूलाई शास्त्रीय अर्थशास्त्री भनी नामाकरण गरेका छन् ।आर्थिक क्षेत्रमा सरकारी स्वामित्वमा उत्पादनका सम्पुर्ण साधनहरू केन्द्रित हुनुपर्छ र श्रम नै उत्पादनको मुल कडी हो भने यसैबाट पूँजीको जन्म हुन्छ भनेर उनले भनेका छन्, जुन स्मिथकै अर्थशास्त्रबाट लिइएको हो श्रम र पूँजीको सन्दर्भमा । यसमा फरक विचार भनेको स्मिथले निजी क्षेत्र, उदार आर्थिक व्यवस्था, सरकारको अहस्तक्षेप र पूँजीवादको वकालत गरे भने माक्र्सले पूँजीवाद पछि समाजवाद र साम्यवादको परिक्ल्पना गरी सरकारी स्वामित्व र राज्यकै नियन्त्रणमा सम्पूर्ण आर्थिक व्यवस्था हुनुपर्ने भन्दै समाजवादी –साम्यवादी राज्यको पैरवी गरेका छन् । एडम स्मिथले राजनीतिक अर्थब्यबस्था वा अर्थशास्त्र र कार्ल माक्र्सले ‘राजनीतिक अर्थशास्त्र’ भन्ने शब्दावलीहरू प्रयोग गरेको पाइन्छ ।
एडम स्मिथ र कार्ल माक्र्सपछि बेलायती अर्थशास्त्री अल्फ्रेड मार्शलले ‘प्रिन्सिपल्स अफ इकोनोमिक्स’ शिर्षकको पुस्तक लेखेर सन् १८९० देखि ‘कल्याण अर्थशास्त्र’लाई जन्म दिए माक्र्सलाई पछ्याउँदै भने उनका अनुयायीहरू पिगु र क्लार्कले पनि कल्याण अर्थशास्त्रको विकासमा महत्वपूर्ण योगदान दिएका छन् । मार्शलले एडम स्मिथ को अर्थशास्त्रलाई जीवन्त राखेर यसमा कल्याण जोडदै ‘भौतिक कल्याणको बिज्ञान’ को रुपमा अर्थशास्त्रलाई सर्वस्विकार्य र विवादरहित पठनीय बिषयको रुपमा विकास र परिमार्जन गरे । सन् १९३२ मा अमेरिकी अर्थशास्त्री लियोनेल रबिन्सले ‘एन एस्से अन द नेचर एण्ड सिग्निफिकान्स अफ इकोनोमिक साइन्स’ नामक पुस्तकको रचना गरी मार्शललाई चुनौती दिँदै उनको आलोचना गरी अर्थशास्त्रलाई ‘दुर्लभता र छनौट’को विज्ञानको रुपमा चित्रण गरे । सन् १९३० को दशकको विश्वब्यापी महामन्दीको समयमा अर्थव्यवस्थालाई डाँवाडोल हुनबाट जोगाउन जे.एम. किन्स भन्ने अर्थशास्त्रीले ‘द जेनरल थ्योरी अफ इम्प्लोएमेन्ट, ईन्टरेस्ट एण्ड मनी’ शीर्षकको पुस्तक लेखेर यस अघिसम्म प्रचलित सुक्ष्म अर्थशास्त्रलाई चुनौती दिँदै ‘बृहत अर्थशास्त्र’ को प्रतिपादन गरे, जसमा माक्र्सवादी वा समाजवादी अर्थशास्त्रीहरूले झैं उनले सरकारको भुमिका अर्थब्यबस्थामा हस्तक्षेपकारी हुनुपर्ने पक्षमा वकालत गरेका छन् । साथै उनले लेनिनले जस्तै मिश्रित अर्थब्यबस्थाको अवधारणालाई प्रतिपादन र विकास गरे, जसमा सरकारी र निजी क्षेत्रको भुमिकालाई अर्थव्यवस्थामा उपयुक्त ठह¥याएको छ । यसरी स्मिथ र माक्र्सको अर्थशास्त्रको फ्युजन किन्सको अर्थशास्त्रमा पाइन्छ । किन्स पछि फिशर, बाउल्िडङ, अमत्र्य सेन, डा.मोहम्मद युनुस लगायत उल्लेखनीय अर्थशास्त्रीहरू लगायत पछिल्ला अर्थशास्त्रीको रुपमा स्यामुएल्सनलाई लिन सकिन्छ, जसले अर्थशास्त्रमा ‘विकास प्रधान’ दृष्टिकोणलाई अगाडि सारेका छन् ।
दुनियाँकै सर्वाधिक पुरानो, रोचक र आवश्यक बिषयको रुपमा पुर्वीय वेदकालिन, वैदिक–गुरुकुल शिक्षामा पठनपाठन हुने र आधुनिक पाश्चात्य शिक्षा पद्दतिमा अनिवार्य पढाई हुने अर्थशास्त्रको अध्ययनतर्फ आकृष्ट भएर मैले पनि सन् १९९५ देखि निरन्तर अध्ययन गर्दै मेरो करिव ३० बर्षको अध्यापन अनुभवमा सन् २००१ देखि सामेल हुदै आएको अर्थशास्त्र बिषयको शिक्षणमा सरिक भएर ठुलो अनुभव सङ्गाल्ने अवसर प्राप्त गरेको छु ।आजसम्मको अध्यापन अनुभवले अर्थशास्त्रको औचित्य र यसतर्फ अनुसन्धानलाई पनि साथै अगाडि बढाउन हौसला र उत्प्रेरणा प्राप्त भएको छ । शिक्षातर्फ नेपालकै पहिलो ’प्रेरणा महिला मा. वि.’, ’हिमालय कलेज’ लगायत थुप्रै कलेज एवं शैक्षिक संस्थाहरूमा अध्यापनको अनुभव हासिल गर्दागर्दै अभिरुचिपुर्णरुपमा अर्थशास्त्रमा नै बिशिस्टीकृत हुने अवसर प्राप्त भयो । आफ्नो जीवनको ३० बर्षको समग्र अध्यापन अनुभव अर्थशास्त्र, अङ्ग्रेजी, गणित, ब्यवस्थापन, लेखाशास्त्र, सामाजिक अध्ययन जस्ता थुप्रै बिषयहरूमा विस्तारित गरेको भएपनि बिशेष रुचि र क्षमता अर्थशास्त्रमै प्रकट भएको देख्दा म यसैको लागि जन्मेको जस्तो लाग्छ ।
विद्यालय तहदेखी महाविद्यालय र विश्वविद्यालय तहसम्म अर्थशास्त्रको अध्यापन गर्ने सिलसिलामा आर्थिक क्षेत्रसम्बन्धि लगाव, अध्ययन तथा अनुसन्धानमा लाग्नको लागि बि.स.२०५५ मा चारजना अगुवा महिलाहरूद्वारा १४ बर्ष माथि उमेर समूह भएका महिलाहरूलाई बाईस बर्षभन्दा बढी अर्थशास्त्र बिषय पढाउदा उहाँहरूलाई आर्थिक मामलामा बहुतै ध्यानाकर्षण र आकृष्ट गर्न सकियो । यहाँ बाईसवटा एस.एल.सी.वा एस.ई.ई का ब्याचहरूका महिलाहरूलाई आर्थिक क्रान्ति र यसको लागि अर्थशास्त्रको अध्ययनलाई जोड दिन अभिप्रेरित गर्ने काम गरियो ।यस बिद्यालयका ५०० बढी महिला बिद्यार्थीहरूले प्रवेशिका परिक्षा उत्तिर्ण गरेर हालसम्म स्नातक, स्नातकोत्तर, दर्शनाचार्य, विद्यावारिधीसम्म आफ्नो अध्ययनलाई विस्तार गर्नुभएको देखिन्छ । यसै सन्दर्भमा अर्थशास्त्र अध्ययनतर्फ बिध्यार्थीहरूको चासो बढेको देखिन्छ किनभने एस.ई.ई. को नतिजामा अर्थशास्त्रको उत्तीर्ण प्रतिशत राम्रो देखिदै आएको छ । अर्थशास्त्र एउटा सामाजिक बिज्ञान र तार्किक विषय भएकोले प्रेरणा महिला मा.वि. मा विद्यार्थीहरूको आकर्षण राम्रो देखिन्छ । कलेज र बिश्व बिध्यालय तहमा बिध्यार्थीहरूले आफ्नो भविष्य निर्माणका लागि ब्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायहरूमा अर्थशास्त्र बिषयलाई मेधावी र अन्य विद्यार्थीहरूले रोजेको देखिन्छ । विद्यार्थीहरूको आकर्षण अर्थशास्त्र विषयमा बढ्दै गएको छ किनभने नेपालमा विश्वविद्यालय र स्कुल–कलेजहरूको संख्या बढेकोमा अर्थशास्त्र बिषयको पढाई पनि वृद्धि भएको छ र यसको माग बिश्वब्यापी रुपमै बढेको देखिन्छ । बिकासोन्मुख मुलुकको रुपमा नेपालको स्तरोन्नति भैसकेको र पुर्वाधार निर्माण पनि बढीरहेकोले अर्थशास्त्रको अध्ययनबाट सजिलै रोजगारी प्राप्त गर्न सकिने, आर्थिक क्रान्तिमा लाग्न सकिने भएकाले संख्यामा उभार आएर अध्ययन–अध्यापनमा सहजीकरण भएकै छ । आर्थिक, सामाजिक, शैक्षिक लगायत अन्य सम्पूर्ण क्षेत्रहरूको लागि अर्थशास्त्र निर्बिकल्प देखिन्छ, जुन मेरो जीवनभरीकै निचोड पनि हो ।
अन्त्यमा अर्थशास्त्रबाट ब्यक्ति, परिवार, समाज, समुदाय सबै लाभान्वित हुने हुनाले वेदब्यास र कौल्यिको अर्थशास्त्र राज्य र सरकार संचालन गर्ने बिषयको साथै उनको प्राचीन अर्थशास्त्र देखि आधुनिक पूँजीवादी र समाजवादी अर्थशास्त्रको सारपनि त्यही हो जुन बहुआयामिक छ । नेपालजस्तो श्रोत र साधनहरू प्रचुर मात्रामा भएको मुलुकको लागि गरिबी निवारण, रोजगारी र लगानीमा वृद्धिबाट आर्थिक–सामाजिक, शैक्षिक, सांस्कृतिक गरि यावत क्षेत्रको बिकासको लागि अर्थशास्त्रको अध्ययन, अध्यापन, अनुसन्धान र त्यसको प्रयोग तथा ब्यवहारमा रुपान्तरणको लागि बहुतै ठुलो महत्व देखिन्छ । तीन खम्बे अर्थनीति र मिश्रित अर्थब्यबस्था बिद्यमान रहेको हाम्रो देशमा सार्वजनिक, निजी, सहकारी, गैरसरकारी क्षेत्रहरूको बीचमा सामजस्य र सन्तुलन ल्याउन र उदारीकरणतर्फ ढल्कीरहेको अर्थतन्त्रको समग्र पक्षहरू कृषि, उर्जा, पर्यटन, उद्योग र मानव संसाधन लगायत समग्र क्षेत्रहरूको विकास र समृद्धिका लागि विज्ञान र प्रविधिमार्फत अर्थशास्त्रमै बढी जोड दिनुपर्ने देखिन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक