इज्जत : लक्ष्मण ज्ञवाली (लघुकथा)
कपन अनलाइन
काठमाडौं, साउन १२।
काठमाडौं, साउन १२।
“तिमीलाई सन्चो भएन कि क्याहो ?” राती बिस्तरामा वल्लो हर र पल्लो हर कोल्टो फेर्दै सुस्केराउँदै गरेकी बुढीलाई देखेर राइलाबाले सोधे ।
“अबदेखि म विवाह पार्टीमा जान्न बुढा”
राइँलीआवैको जवाफथियो ।
“किनखानु परे होला त्यतिविधि नपच्ने गरी बुढी मान्छे भएर पनि?हामी बुढा बुढीलाई स्याहर सुसार गर्ने को नै पो छर ?विचार पु¥याउनु पर्छ नि।”
राइँलाबाले शंका गरे ।
“त्यस्तो खाएर कहाँहो र ? मेरो ब्यथाअर्कै छ ।”
“के ब्यथा हो खुलस्त भन न त;कतिलुकाइ राख्न परेको छ्या ! भित्री घाउ चोट लाग्यो कि क्याहो ?”
बुढाले अन्दाज लगाए ।
“कुनभित्री, कुन बाहिरी ! बुढा बुढीमा
त्यस्तो ठाँउ कहाँ के हुन्छ र ?त्यो पनि होइन ।”
बुढीले जवाफ फर्काइन ।
“त्यसो भए तिम्रो ब्यथा आफैसँग पाली राख” बुढा झर्किए ।
“बेलाबखत समाजमा लाज जोगाउन पनि जान्नु पर्छ । गाँउका चेली महिलाहरू सुनले छपक्कै सजिएर पार्टीमा गएका हुन्छन् । म भने एकसरो साडी , बजारू फुली मुन्द्री लगाएर तिनका अगाडि दाँजिनु पर्ने ? सस्तो हुँदै अलिकति सुन किनेर राखौं न, भन्यो कैल्यै मानेको होइन, ऐले भाउ सुनि नसक्नु छ ।
बुढीले मनको कुरा खोलिन् ।
“ए… ब्यथा त्यस्तो पो रहेछ ।” बुढाले सुस्केरा काडे र भन्दै गए ।
“तिमी सँगको संगत ५० वर्ष नाघेछ । यस्ता इज्जत नामका फोस्रा आडम्बरबाट परै बसौँ । विचलितनबनौ, यो हाम्रो प्राथमिकता होइन, घाँटी हेरेर हाड निल्नु पर्छ भनेर बारम्बार भनेकै छु, यो उमेरमा पनि गहनाकै मोह, तिमीपनि के भाकि हँ?”
उनले फेरी भने “के अब म यो धाकधक्कुको इज्जत जोगाउन यै बुकुरो बेचेर फेरी मुग्लान पसौँ त ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।