छोराछोरी : छायादत्त न्यौपाने बगर (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार ८।
ए बुढी थाहापाइस्? छोरीले नामनिकाली छ नि ! कतिआमाबानामनिस्केन भनेर छटपटिएका छन् । हाम्री छोरीले निकाली ।
हो नि, मिहिनेती छ मेरीछोरी । हो, छोरी तेरै हो तर मेरो समस्या अर्कै छ ! तिमी त जहिले समस्यामा हुन्छौ, छोरीले नामनिकालीखुसीहुन छाडेर समस्या रे !
हैन, नाम त निकाली राम्रो भो तर नामनिकालेपछि भर्ना गर्नु परेन ?
पर्छ नि, छोरी डाक्टर भएको हेर्ने कत्रो रहर छ ! हुन त हो तर आफू हुनुहुन्न मैले छुनुहुन्न भनेझैं ! सपनामात्र देखेर पुग्छ ?आफू उभिएको ठाउँ हेर्नुपर्दैन ?
ठिकै छ त तराईको खेत बेचिदिऊँ, अरु तानतुन गरेर पुर्याइएला
नि २०/२५ लाख त ! अँ, विकल्पत्यहीहोला !
ए छोरी ! भर्ना कहिलेसम्म गरिसक्नुपर्ने हो बुझेकी छस् ? हैन बाबा मैले माइक्रोबायोलोजी पढ्ने विचार गरेँ । हामी ३/३ जना छौँ १ जनाले पढेर भएन । फेरि हामी १जनाले पढेर अर्कोलाई सघाउन पनिभ्याउँदैनौं सँगसँगै जस्तो छौँ ।
ठिकै छ नि अहिले तैंले पढ पछि भाइहरूको पालामाकुनै उपायनिस्कला ! यिनीहरू पनि स्वास्थ्यविज्ञान नै पढ्छन् भन्ने पनि छैन नि । हैन आमा, अब म अर्कैविषय पढ्छु, जे पढे पनि राम्ररी पढ्ने हो, पढे भइहाल्छ । यो हामीदिदीभाइको निणर्य हो । बरु तपाईंहरू खेत बेच्ननहतारिनु !
छोराछोरीको साथपाए बुढेसकाल सुखी हुन्छ भन्छन् । उनीहरू किशोर र हामीप्रौढ हुँदै साथमिल्यो । नामनिस्केको छ जसरी पनि पढाउनुपर्छ भनेर जिद्दी गरेको भए? सम्झँदा हृदय भरिन्छ । मनको बह कतै नकह, पढ, व्यवस्था हुन्छ भनेर अघि बढाउन नसकेको पछुतोले भने दुख्ने गरी पिटिरहेको छ !
जीवन सङ्घर्ष हो, जुनआफैले गर्नुपर्छ । छोराछोरीले समयमा बुझिदिए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।