प्रेरणा :मधुसुदनप्रसाद घिमिरे (लघुकथा)

प्रेरणा :मधुसुदनप्रसाद घिमिरे (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

साहित्यिक संस्थाबाट फोन गरे । भोलि फलानो ठाउँमा साहित्यिक गोष्ठी छ । तपाइ हाम्रो संस्थाको सदस्य पनि हो । अनिवार्य उपस्थिति हुनु होला ।

ऊ पनि हस्याङ्फस्याङ् गर्दै तोकिएकै समयमा गयो । कार्यक्रम सुरु भयो । उसको बोल्ने पालो आयो । उसलाई सोधियो ‘लधुकथा लेख्ने प्रेरणा कसले दियो तपाइलाई ?’ उसले जवाफ दिँदै भन्यो ‘समयले दियो ।’
      उसलाई फेरि प्रश्न ओइरियो ‘कस्तो समय’ उसले जवाफमा एकै पटक अनेक उत्तर ओइराउँदै भन्यो ‘कोरोना कहर, पेटमा अग्नि बल्दै पिएको जहर, रोगले शोकले र भोकले मान्छे मरिरहँदा डरैडरले थर्थराएको जीवनले फेसबुकको सहारा खोज्नु त्यसमा लघुकथा पाठ्शाला थकाइ मेटाउने थलो भेट्टाउनु, त्यहाका कुशल लेखिका नेतृको सम्पर्कले मलाई लधुकथाकार वन्न जुलुङ्गो झैँ  उभ्यायो ।
 मेरो उत्तरले उ खिस्स भयो ‘उसले सोचेको रहेछ’ तपाइको यस्तै कार्यक्रमले प्रेरणा दियो भन्ला भनेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।