दुई मुक्तक : नारायण लम्साल

दुई मुक्तक : नारायण लम्साल

कपन अनलाइन
काठमाडौं असोज २०।
शितलता र उज्यालो दिने पुर्णिमाको जुन हुनु ।
सुन्दर गहना बन्ने शुद्ध अकबरी सुन हुनु ।
बदलियो समय भनेर नछोड्नु आफ्नो गुण ।
चिसिएको सम्बन्ध सुधार्न प्रिय न्यानो ऊन हुनु ।

विकास र शान्ति हरकोहीलाई चाहिन्छ ।
श्रम गर्न छोडेर सहजै कसरी पाइन्छ ?
चेतना र आँट चाहिन्छ जन कल्याण गर्न ।
परोपकारी जनको सबैले गुणगान गाइन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।