गजल : वन्दना पौडेल

गजल : वन्दना पौडेल

कपन अनलाइन
काठमाडौं असोज २०।
ऐनामा अनुहार खोज्दै, मुस्कान हराउँदै छन्,
सुन्दर बन्ने होडमा आफैँलाई बिर्साउँदै छन् ।

ओठमा रङ, आँखामा काजल, कपाल रङ्गाउदै
मनभित्रको पीडा लुकाई बाहिर सजिँदै छन् ।

रूप किनेर पाइन्छ र साँचो खुसी बजारमा ?
दुई थोपा आँसु लुकाउन गाला रंगाउँदै छन् ।

अनुहार चम्किए पनि मन अँध्यारो भएपछि,
कति मानिस आफ्नै छायादेखि डराउँदै छन् ।

सौन्दर्य त क्षणिक रहेछ, समयसँगै ढल्ने,
माया र सद्भावले पो जीवन सुन्दर बन्दै छन् ।

‘बन्दना’ रूप होइन, मनलाई पनि सिँगारौँ,
पार्लरले मानवता नहराओस् सम्झाउँदै छन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।