चार मुक्तक : पवनकुमार बुढाथोकी
कपन अनलाइन
काठमाडौं असोज २०।
महान हुन नेपाली साहित्य आकाशका भानु
उनी नै त हुन यहाँका अमृत मह घारका रानु
साहित्यमा उनको देन त अविस्मरणीय नै छ
नेपाली सबले उनको त्याग र समर्पण जानुँ !
कुवा खन्ने योजना भेट्टाए भानुले धेरै परोपकारी
मुलुक राम्रो हुन्छ नेपालीले काम गरे यस्तै मन पारी
शान्ति सम्बृद्धि र विकास आउने गरी शुद्ध भावना राखौँ
नकारात्मक सोच संस्कार र प्रवृतिलाई सधैँ पर सारी !
पारांै है सबले भानुकै जस्तो चेतनसिल मन मूटु
स्वार्थिपन कसैमा देखेमा दुख्नुपर्छ मन कुटुकुटु
दूख पिडा र सामाजिक प्रदुषण हटाउने काम गरौँ
नपरोस् कसैले यो क्रान्तिपुरमा आँसु पिउन घुटुघुटु !
भानुले देखेझैँ रामायणका आदर्श पात्र हुन राम
किन कसैमाथि रिसराग गर्नु हुनुपर्छ है परमधाम
सुरु पछि अन्त्य सिर्जना पछि विनास भै छाडछ
भानुकै जस्तो सबले गरौँ लोकहित हुने नै काम !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
