काठमाण्डौ क्षेत्र नं ४ मा रास्वपा सांसद सुमना श्रेष्ठको संकेतपूर्ण सक्रियता……

काठमाण्डौ क्षेत्र नं ४ मा रास्वपा सांसद सुमना श्रेष्ठको संकेतपूर्ण सक्रियता……

कपन अनलाइन

काठमाण्डौ,पुस ११।

रास्ट्रीय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले काठमाण्डौ क्षेत्र नं ४ मा सक्रियता बढाएकी छन।

केहि समयदेखि काठमाण्डौ क्षेत्र नं ४ का जनताहरु विचमा सुझाव संकलन र भेटघाटलाई तीव्रता दिएकी उनले पुस ११ गते बुढानिलकण्ठ नगरपालिकाका स्थानीय तथा पार्टीका कार्यकर्ताहरु संग छलफल गरेकी छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको मौलिक भान्छा घरमा उधमशिलता सम्बन्धि छलफल कार्यक्रमको आयोजना गर्दै सांसद श्रेष्ठले विभिन्न विषयहरुमा अन्तरक्रिया गरेकी छन।

२०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार नबनाएको रास्ट्रीय स्वतन्त्र पार्टीले संसदमा सक्रिय रुपमा क्रियाशील रहेकी सांसदलाई काठमाण्डौ क्षेत्र नं ४ मा निरन्तर खटाउनुलाई निकै संकेतपूर्ण रुपमा हेरिएको छ।

रास्वपा सभापति रवी लामिछानेको बसोवास रहेको बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा काठमाण्डौ क्षेत्र नं ४ मा रहेका छन। काठमाण्डौ महानगरका ४ र बुढानिलकण्ठका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा सांसद श्रेष्ठले निरन्तर रुपमा अभियानहरु संचालन गर्दै जानुलाई धेरैले मिसन २०८४ को तयारीका रुपमा अनुमान गरेका छन।

तपाइँको प्रतिक्रिया ।