नापी कार्यालयका अमिन घुस रकमसहित पक्राउ

नापी कार्यालयका अमिन घुस रकमसहित पक्राउ

कपन अनलाइन

काठमाण्डौ,पुस ११।

नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन ।

ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना  पाएको अख्तियारले उनलाई बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

तपाइँको प्रतिक्रिया ।