विश्व स्ट्रेन्थ एण्ड आइबिपी च्याम्पियनशिपमा नेपाल ३४ पदक सहित दोश्रो स्थानमा

विश्व स्ट्रेन्थ एण्ड आइबिपी च्याम्पियनशिपमा नेपाल ३४ पदक सहित दोश्रो स्थानमा

कपन अनलाइन

काठमाण्डौ,पुस ११।

भारतको हैदरावादमा भएको १० औ  विश्व स्ट्रेन्थ एण्ड आइबिपी च्याम्पियनशिपमा नेपाल दोश्रो  भएको छ। नेपाल ,भारत ,अमेरिका सहित १६ देशको सहभागिता रहेको सो प्रतियोगितामा नेपाल दोश्रो भएको हो।

सो प्रतियोगितामा काठमाण्डौकी अमृता खड्का शेर्पाले इन्क्लाइन बेन्च प्रेस विधामा स्वर्ण तथा स्ट्रेन्थ लिफ्टिंग विधामा पनि स्वर्ण पदक जितेकी छन। दुई स्वर्ण सहित उनि  चम्पियन अफ च्याम्पियनको उपाधि समेत जित्न सफल भएकी छन।

यसैगरी पुरुष मास्टरमा काठमाण्डौ तीनचुलीका सानुकान्छा लामाले गुड परफरमेन्स उपाधि प्राप्त गरेका छन भने महिला सिनियर तर्फ भक्तपुरकी सरु लाखाजुले दोश्रो स्थान हाशिल गरेकी छन ।

त्यस्तै सिनियर पुरुष तर्फ भक्तपुरका रत्न सुन्दर नाखुसी स्वर्ण पदक जितेका छन भने भक्तपुरकै राजेश सुवालले रजत पदक जितेका छन। सो प्रतियोगितामा नेपालले १६ स्वर्ण ,१४ रजत र ४ कास्य सहित ३४ पदक जितेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।