नेपाल संवत् ११४४ तथा तुच्चा: बृहत कार्यक्रमको तयारीमा जुट्यो नेकपा एमाले काठमाडौं महानगर

नेपाल संवत् ११४४ तथा तुच्चा: बृहत कार्यक्रमको तयारीमा जुट्यो नेकपा एमाले काठमाडौं महानगर

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ४।

नेकपा एमाले काठमाण्डौ महानगरपालिका कमिटीले आगामी मङ्सिर ९ गते हुने नेपाल संवत् ११४४ तथा तुच्चा बृहत कार्यक्रमको तयारीमा जुटेको छ।

नेपालीहरुको माैलिक सम्वत नेपाल संवत् ११४४ नव बर्षको अवसरमा हुने सो कार्यक्रमको तयारीका लागि विभिन्न समितीहरुको बैठक महानगर कमिटीको कार्यालयमा सम्पन्न भएको छ।

काठमाण्डौको महत्वपूर्ण सांस्कृतिक सम्पदा बसन्तपुरमा हुने सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओली प्रमुख अतिथि रहने आयोजकले जानकारी दिएको छ।

मङ्सिर ९ गते दिउसो १ बजे देखि शुरु हुने सो कार्यक्रममा शुभकामना आदान प्रदान सहित विभिन्न सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।