आत्मा : इन्दिरा देवकोटा (लघुकथा )

आत्मा : इन्दिरा देवकोटा (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ  १९।

‘कहिले फर्कनु भयो सान्दाइ ?’ सौगातले सोध्यो !
‘हिजो बेलुका आइपुयौं ! कता हिड्यौ त सौगात भाई ?’ सान्दाईले मधुर स्वरमा उत्तर दिनुभयो !‘बसाई लामै भयो दाइको ? हुन त यता पनि कामै के थियो र ।’ थप्यो सौगातले
‘बाध्यता नि भाइ परे पछि नबसेर भयो त !’ घरको सुख बाहिर कहाँ हुन्छ र ?’ थप्नुभयो सान्दाइले !‘जति बसे पनि भो नि ! छोरा छोरीले पैसा खन्याका खन्याई छन् क्यारे ! के को चिन्ता हैन त दाई ?’ थप्यो सौगातले
‘पैसा साधन त हो तर साध्य हैन भाई ! यसले मात्र सुख हुँदैन भन्ने लाग्छ मलाई त ! सन्तानको सुख र धनको सुख बराबर कहिल्यै नहुँदो रहेछ !’ घरको एक कुनामा नजर लगाउँदै बोल्नुभयो सान्दाई ।
‘खै मलाई त धनै ठूलो लाग्छ दाई ! हुन पनि धन बिना केही नहुने !’ सौगातले आफ्नो बिचार राख्दै बोल्यो !
सान्दाईले थप्नुभयो ‘तिमी अहिले निरोगी छौ त्यसैले मेरो मर्म बुझ्दैनौ ! जति धन भए पनि बिरामी पर्दा त ज्यानले सन्तान वरिपरी खोज्दो रहेछ ! धन त छ तर सन्तान ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।